तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियामा एक नेपालीको मृत्यु
दक्षिण कोरियामा एक नेपालीको मत्यु भएको छ । बिहीबार बिहान रौतहटका संजय बिकको मृत्यु भएको हो । उनी १० महिना देखि हेपाटाइटिस रोगको उपचार गाईरहेका थिए । ३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आएर यतै बसेका थिए । उनको श्रीमती र एक छोरा छन् । ‘उपचार गर्न थालेको पनि झन्नै एक वर्षै हुन थाल्यो । आर्थिक रूपमा पनि विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।’ नेपाली सम्पर्क समितिकी अध्यक्ष अन्जुफुर्सदमा
कुलमान घिसिङ शुक्रबार सउल आउने : नेपाली संघसस्थासँग अन्तरक्रिया गर्ने
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दक्षिण कोरियामा छन् । दक्षिण कोरियाको राजधानी सउल देखि २ सय ६८ किलो मिटर दक्षिणको ख्वाङ्जु शहरमा बुधबार देखि सुरु भएको अन्तराष्ट्रिय विद्युतिय सम्मेलन (विक्सपो) २०१९ मा भाग लिनका लागि उनी यहाँ आएका हुन् । कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा भैरहेको विक्सपो शुक्रबारसम्म चल्नेछ । सो कार्यक्रमा घिसिंङले नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्न चाहने विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नेछन् । विश्व भरिकै विद्युतियफुर्सदमा
कोरियामा रहेका पांचथरे कांग्रेसीहरूकाे बृहत् भेला हुने
नेपालकाे पांचथर जिल्लाबाट काेरिया अाई विभिन्न पेशा ब्यवसाय गरिरहेका कांग्रेसीहरूकाे बृहत् भेला हुने भएकाेछ। नेपाली कांग्रेस प्रति अास्थावान शुभचिन्तक पांचथर जिल्लामा कृयाशिल कांग्रेसी साथीहरू बिच परिचित भै संगठित हुन अाबश्यक रहेकाेले उक्त भेला अायाेजना गरिएकाे जनाएको छ । नेपाली कांग्रेसकाे मुल नारा राष्ट्रियता, प्रजातन्त्र र समाजबाद लाई अात्मसाथ गर्दै परदेशमा समेत एक अापसमा हातेमालाे गरि नेपालकाे समृद्धिमा टेवा पुर्याउने उद्देश्यले उक्त भेला अायाेजना गर्न लागिएको अायाेजक समितिका सदस्य चेतन अाङदेम्बेलेफुर्सदमा
सामाजिक सञ्जालमा भाईरल भएको काेरियाकाे भिडियो र यथार्थ
केहिदिन अगाडी सामाजिक सञ्जालमा एउटा भाईरल भिडियो भयो । लाखौ नेपालीले हेरे । शेयर गरे । कमेन्ट गरे । सबैले भिडियोमा देखिएको मानिसलाई गाली गरे । निकै तहल्का मच्चिायाे । भिडियोमा एक नेपालीलाई दुईजना कोरियन प्रहरिले जवरजस्ति नियन्त्रण लिएको र बिच बाटोमा पछारेर हत्कडी लगाएको देखिन्छ । भिडियो शेयर गर्नेले गोर्खेले रक्सी खाएर सार्वजनिक स्थानमा होहल्ला गरि सर्बसाधारण मान्छेलाई कुटपीट गरेको भनेर लेखेकाे थियाे। यति लेखिएकै भरमा भिडियो हेर्ने धेरैलेफुर्सदमा
मौसमी कामदारको रुपमा कोरिया आएका १७ नेपाली भागे
दक्षिण कोरियाको पोछन नगरपालिकाका लागि नेपालबाट आएका १७ जना मौसमी कामदारहरु कार्य स्थलबाट भागेका छन् । साथै फिलिपिनी १ जना पनि भागेको जनाएको छ । नेपालको पन्चपुरी नगरपालिकामार्फत गत जुन र जुलाईमा तरकारी फार्ममा काम गर्न आएका नेपालीहरु फर्कन करिब १ हप्ता मात्र बाँकी रहेको बेला यसरी भागेको कोरियन संचार माध्यमहरुले जनाएका छन् । नेपालको पन्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिका बीच यहाँको कृषि कार्यमा सहयोग गर्ने समझदारी अनुरुप ९०फुर्सदमा
लमजुङ परिवार दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा राजकुमार गुरुङ
लमजुङ परिवार दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । सउलमा शनिवार भएकाे अधिवेशनबाट राजकुमार गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमितिमा मेघप्रसाद वाइबा वरिष्ठ उपाध्यक्ष उपाध्यक्षहरूमा सिङराज दुरा, गुमानसिङ गुरुङ, महासचिबमा मुनिन्द्र गुरुङ, सचिबमा सुरज दुरा, कोषाध्यक्षमा कमला गुरुङ, सहकोषाध्यमा शोभा दुरा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा श्रीजङ दुरा, रमेश अधिकारी, समिता लामा, जमुना दुरा, गम गुरुङ, राम दुरा, रोशन गुरुङ लागायतका रहेका छन् ।
छङ्वान नेपाली समाज गठन, अध्यक्षमा मिलन राई
दक्षिण कोरियाको बुसान स्थित खिजाङ्गुन छङ्वान एरियामा बस्ने नेपालीहरुको एक भेलाले आइतबार छङ्वान नेपाली समाजको गठन गरेको छ। समाजको अध्यक्षमा मिलन राई निर्वाचित भएका छन् भने उक्त भेलाले १५ सदस्यीय कार्यकारिणी समितिको समेत चयन गरेको छ । निर्वाचित कार्यसमितिमा बरिस्ठ उपाध्यक्षमा अशोक राई, उपाध्यक्षमा निम बमजन र मिलन लामा, सचिवमा सुजन सापकोटा, सह-सचिवमा गोपाल राउत, कोसाध्यक्षमा सुखराज राई र सह-कोसाध्यक्षमा कुबेर पुन मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिनोद गुरुङ,फुर्सदमा
नुवाकोट समाज दक्षिण कोरियाको छैठौँ अधिवेसन सम्पन्न अध्यक्षमा राज दोङ तामाङ
नुवाकोट समाज दक्षिण कोरियाको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । सउलमा भएको अधिवेशनबाट अध्यक्ष मा राज दोङ तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद अधिकारी उपाध्यक्षहरु रामकुमार गोतामे,सचिब रमित रेग्मी,सहसचिव टंक राना,कोषाध्यक्षमा अबिनाश तामाङ र सहकोषाध्यक्ष रबिना श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा शिभराम भट्टराई (संगम),बद्री अधिकारी, जयराम ढुंगाना,शिवराज केसी, राजेन्द्र मोक्तान चुनिएका छन् ।
नेपाली संघिय समाज फोरम ने.फे.सो. दक्षिण कोरिया र नयाँ शक्ति पार्टी अ. ने.स. दक्षिण कोरियाबिच एकता हुने
नेपाली संघिय समाज फोरम ने.फे.सो. दक्षिण कोरिया र नयाँ शक्ति पार्टी अ. ने.स. दक्षिण कोरियाबिच पार्टी एकता तथा समायोजन घोषणा कार्यक्रम हुने भएको छ । उक्त घोषणा कार्यक्रम यहि सेक्टेम्बर १४ तारिख आइतबार सौलस्थित एमटियुको सभाहलमा हुन लागेको छ । संघिय समाज फोरमका बरिष्ठ नेता असोक कुमार राई तथा अध्यक्ष उपेन्द्र यादब र नया शक्ति पार्टि नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइ बिच पार्टि एकता घोषणा सँगै अहिले देश तथा बिदेशमा समेतफुर्सदमा
पर्यटन वर्ष २०२० लाई सफल पार्न काेरियामा नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पूरा
नेपालको पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि राष्ट्रिय संगीतकर्मी संघको आयोजना तथा पर्यटन बोर्डको सहकार्यमा नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पूरा भएको राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा कार्यक्रम संयोजक बिक्रम जङ्ग शाहले जनाएका छन् । नेपाली गीत संगीतको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उदेश्यले विभिन्न सांस्कृतिक क्रियाकलाप गर्दै आएका राष्ट्रिय संगीतकर्मी संघले नेपाल र दक्षिण कोरियाका आआफ्ना संस्कृती एक आपसमा आदानप्रदान गर्ने तथा अत्यधिक मात्रामाफुर्सदमा