तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली सम्पर्क समितिले आउदो छुसकका लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्यो

हरेक बर्ष जस्तै यस बर्षको छुसकका लागि पनि नेपाली सम्पर्क समिति कोरियाले सांस्कृतिक कार्यक्रम बाँडफाड गरेको छ। आइतबार सउलको नेपाल हाउसमा भएको कार्यक्रमबाट ३ संस्थालाई सांस्कृतिक कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेकोछ। छुसककाे पहिलाे दिन सेप्टेम्बर १२ तारिख सिन्धुपाल्चोक,दाेलखा र रामेछाप सम्पर्क समितिले, सेप्टेम्बर १३ तारिख तमुधिं कोरिया र सुदुर पश्चिम समाजले कार्यक्रम गर्ने भएका छन्। सांस्कृतिक कार्यक्रम गर्न मधेशी काेरिया समाज र भक्तपुर समाजले पनि आबेदन हालेकाे भए पनिफुर्सदमा

एक महिना अघि फोक्सो प्रत्यारोपण गरेका कुँवर मृत्युु

ईपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया आएका अमृत कुँवरको सोमबार निधन भएको छ । ६ महिना पहिले कम्पनी बेहोस भएपछि उनको उपचारको भइरहेको थियो । सउलको आन्याङ हान्रिम शिक्षण मुटु अस्पतालको सघन उपचार कक्षमा विगत ६ महिनादेखी उपचारार्थ कुँवरको फोक्सोमा फ्लु भएर फोक्सोले काम गर्न छाडेको थियो । एक महिना पहिले फोक्सोको सफल प्रत्यारोपण गरिए पछि उनी बोल्ने हाँस्ने सक्ने भएका थिए । शुक्रबार देखि फेरि फोक्सोमा संक्रमण देखिएको थियो ।फुर्सदमा

एनसीसी कोरियाको १७ औ महाअधिवेशन आगामी सेप्टेम्बरमा गरिने

नेपाली सम्पर्क समिति-( Nepalese Consulting Committee) एन सि सि दक्षिण कोरियाले १७ औ महाधिवेशन यहि २०१९ सेप्टेम्बर १४ र १५ तारिख गर्ने भएको छ। संस्थाकी अध्यक्ष अन्जु के सिको अध्यक्षतामा आइतबार सौलमा सम्पन्न केन्द्रीय बैठकले सो निर्णय गरेको हो । कोरियन महान चाड छुसकको लामो बिदामा सबैको फुर्सदलाई बिशेष मध्यनजर गर्दै संस्थाको  महाधिवेशन गर्न लागिएको  अध्यक्ष अन्जु के सिले बताएकी छिन्। कोरियाको सब भन्दा पुरानो तथा लामो ईतिहास बोकेको सबैफुर्सदमा

दक्षिण कोरियामा एक विद्यार्थीको मृत्यू : शवलाइ नेपाल पठाउन समस्या

दक्षिण कोरियामा अध्ययनका लागि आएका एक बिद्यार्थीको शुक्रबार बिहान मृत्यू भएको छ । योङगीन सहरमा पर्ने केलभिन युनिभर्सिटीमा अध्ययनरत सुमित पोखरेलको मृत्यू भएको हो । गोरखाका २७ वर्षीय पोखरेल बिहीबार साँझ दोङदेमुनको आफ्नो कोठामा खाना खाए पछि असहज महसुस भएपछि सउल अस्पतालमा भर्ना गरिए पनि उनलाई बचाउन नसकिएको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘अस्पताल ल्याए पनि ज्यान जोगिएन । के कारणले मृत्यू भएको एकिनफुर्सदमा

प्रवासी नेपाली एकता मञ्चको क्षेत्रीय भेलाहरू सम्पन्न  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाले आफ्ना क्षेत्रिय एकता भेलाहरु सम्पन्न भएका छन्। ईन्छन(खिम्पो)मा खगेन्द्र बुढामगरको प्रमुख आथित्यतामा एकता भेला सम्पन्न भएको छ । भेलामा केन्द्रिय सदस्यहरु भोला पौडेल, लक्ष्मण पाण्डे, पुरुशोत्तम गौतम, गुन राना उपस्थित थिए भने कार्यक्रम संयोजन जिवन खतिवडा रहेका थिए । त्यस्तै अाेइजम्बुमा दिलीप धिताल, मिना थापा टेक पुन अतिथी रहेका थिए । कार्यक्रमको सभापतित्व श्री श्रेष्ठले गरेका थिए ।फुर्सदमा

ओखलढुंगा सेवा समाज कोरियाले छुसकमा सांस्कृतीक कार्यक्रमको दावी गर्ने

ओखलढुंगा सेवा समाज (ओसेस) दक्षिण कोरियाले आगामी कोरियाली पर्व छुसकमा संस्कृतीक कार्यक्रमको लागि दावी गर्ने भएका छन् । सांस्कृतीक कार्यक्रम बाढफढ गर्ने संस्था नेपाली सम्पर्क समिति (एनसीसी) र पूर्वाञ्चल सरोकार समाजमा ओसेसले कार्यक्रमको लागि दावी गर्न लागेको हो । जिल्लाको शिक्षा र स्वस्थ्य क्षेत्रमा आर्थिक सहयोगकोलागि नेपालबाट राष्ट्रिय कालाकार ल्याई नेपाली काला र संस्कृतीलाई संम्बद्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष श्रीराम गुरुइ०ले बताए । समाजको कोषमा सदस्यहरुको लेबीफुर्सदमा

एनसिसि काेरियाले यहि जुन १६ मा छुसक सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने

नेपाली सम्पर्क समिति(एन सि सि) काेरियाले  अाउदाे छुसकका लागी सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएकाेछ। दक्षिण कोरियामा सबै भन्दा पुरानो एवं लामो ईतिहास बोकेको संस्था तथा सम्पूर्ण नेपालीहरुको साझा संस्था नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो छुसकमा सांस्कृतिक कार्यक्रम गर्नका लागि यहि जुन १६ तारिख अाईतबार बाँडफाँड कार्यक्रम गर्ने भएको छ। हरेक बर्ष छुसक र सलनालमा एन सि सि को पहलमा कार्यक्रम बाँडफाँड गरि सबै संघ संस्थाहरुको सहमतिफुर्सदमा

सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ जोग्येजोङको कार्यकारी समदस्यमा मनोनित

कोरियाको सबैभन्दा पुरानो तथा ठूलो मानिने बौध्द धार्मिक सांस्था जोग्येजोङले वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगको कार्यकारी सदस्यमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा मनोनित भएका छन् । विदेशी राष्ट्रहरू मध्येबाट पहिलो पटक कार्यकारी सदस्य पदमा देश नेपाल राखिएकाे हाे । जोग्येजोङमा बिहिबार एक कार्यक्रम गर्दै लामालाइ मनोनयन गर्दै प्रमाण पत्र दिइएकाे हाे । लामा कुन्साङ २ बर्षसम्म साे पदमा रहने छन्। जोग्येजोङ(대한불교조계종 Jogye Oder) कोरियाको सबैभन्दा पुरानो तथाफुर्सदमा

प्रधानमन्त्री ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयबाट मानार्थ ‘डाक्टर’को उपाधि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ । बुधबार काठकाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित समाचारमा जनाइएको छ । उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाईगरेको सम्मानका रुपमा लिएकोफुर्सदमा

ओएनयुएफ सउल एकता भेला जून २३ नेपाल हाउसमा हुने

प्रवासि नेपाली एकता मञ्च(ONUF) दक्षिण कोरियाले जुन २३ आइतबार सउल कमिटिको एकता भेला नेपाल हाउसमा गर्ने एकता मञ्चको संयोजक परशुराम सापकोटाले बताए । एकता मञ्चको १२ वटा क्षेत्रिय कमिटिहरु रहेको र हाल सम्म ४ वटाको एकिकरण सकिएको जनाएको छ । जुन महिना भित्र सबै कमिटिहरुको एकिकरण सक्ने गरि काम भइरहेको समेत सापकोटाले बताए । बिभिन्न क्षेत्रहरुको एकता भेलाहरु गर्ने क्रममा मे २६मा आन्सान, जुन २मा वोइजम्पु, थेगु र इन्छन किम्फोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...