तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चुम्लुङ कोरियाद्वारा मृगौला बिरामीलाई आर्थिक सहयोग प्रदान
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले दुवै मृगौला फेल भएकी बिरामी कुमारी योङ्यालाई उपचारार्थ २६लाख १५ हजार वन सहयोग गरेको छ। उक्त सहयोग रकम गत आइतबार मे २६ तारिखका दिन योङ्याकै निवासमा चुम्लुङका अध्यक्ष शुन्दरदिप आङ्देम्बे,वरिष्ठ उपाध्यक्ष अग्नि पंधाक, सदस्यहरु सपना सेलिङ, सन्तोष खेवा र कामना नेम्बाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। केही समय अघि चुम्लुङले सपना सेलिङको नेतृत्वमा सहयोग संकलन गरिएको थियो । पाँचथर जिल्ला याङवरक गाउँपालिका ३ निवासी योङ्याफुर्सदमा
कोरियामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउने
आगामी जुन ९ तारिक आइतबार सशक्त दलित एकता समाज दक्षिण कोरियाले “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस” मनाउने भएको छ । २०६३ साल जेठ २१ गते तत्कालीन सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको रुपमा मनाउने गरिएको छ । यसै सन्दर्भमा “जातीय छुवाछूत तथा विभेद विरुद्धको अभियान” मुख्य उदेश्यफुर्सदमा
दक्षिण काेरियामा फेरी अर्को नेपालीको मृत्यू
दक्षिण कोरिया फेरी अर्को नेपालीको मृत्यू भएको छ । अर्घाखाँची घर भएका २७ बर्षिय मधुसुदन श्रेष्ठको मृत्यू भएको हो । उनी आफ्नो पहिलो कार्य अबधी सकेर पुनः कोरिया आएका थिए । ‘आज काममा नआए पछि साथीभाइले खोजी गर्दा अाफ्नै काेठामा मृत भेटिएका थिए । उनी कार्यरत कम्पनीमा तीन जना नेपाली छन् । नेपालीहरु नै भए किचन सहितको छुट्टा छुट्टै कोठा बस्ने रहेछन् । खाना पनि फरक फरक ठाउँमा नै हुनेफुर्सदमा
सामाजिक अभियानता श्रेष्ठ कोरियाको छनान नगरपालिकाद्वारा सम्मानित
यम श्रेष्ठ कोरियामा रहेका नेपालीहरुका लागी नौलो नाम होइन । सादा जीवन उच्च बिचार राख्ने, कोरियामा रहेका नेपालीहरुलाई समस्या पर्दा होस् या नेपालमा चलाइने हरेक सामाजिक अभियानहरुमा होस्, सक्रिय अभियान्ताको रुपमा स्थापित भैसकेको नाम हो यम श्रेष्ठ । उनै सामाजिक अभियान्ता श्रेष्ठलाई दक्षिण कोरियाको छनान नगरपालिकाले सम्मान गरेको छ । मे २६ तारिखमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रबासी बहुसाँस्कृतिक मेला “९ औ छनान वैदेशिक महोत्सवफुर्सदमा
प्रवासी नेपाली एकता मन्च आन्सान क्षेत्रिय कमिटि भेला सम्पन्न
प्रवासी नेपाली एकता मन्च(ONUF) आन्सान क्षेत्रिय कमिटिको एकीकरण भेला सम्पन्न भएको छ । मे २६ तारिक आईतबार आन्सानको एक रेस्टुरेन्टमा भएको उक्त भेलाले २२ सदस्यीय कमिटी चयन गरिएको हो । सन्तोष सिग्देलको अध्यक्षतामा गठित क्षेत्रिय कमिटिको उपाध्यक्षमा प्रबिण चटाैत र सुभास पुरी रहेको छ भने सचिबमा बिनोद दाहाल, सहसचिब धुर्ब श्रेस्ठ र कोसाध्यक्षमा नारायण खड्का रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक राई, बिक्रम लामा, दिक्पाल लामा, देब मगर, अमृत बिक, कृष्णफुर्सदमा
मे २६ मा “१४ औं आप्रवासी सांस्कृतिक महोत्सव”, निशुल्क स्वास्थ्य शिविर पनि
सउल । प्रत्येक बर्ष झै यो बर्ष पनि “आप्रवासी सांस्कृतिक महोत्सव” को अयोजना हुने भएको छ । छान्दोङ्सा गुम्बाले कोरियाको बसन्त ऋतुको समय पारेर मे २६ तरिख आइतबारका दिन उक्त महोत्सव गर्न लागेको हो । कार्यक्रम इन्छन खाङ्ह्वा स्थित छन्दोङ्सा गुम्बामा हुनेछ । “१४ औं आप्रवासी सांस्कृतिक महोत्सव” कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर पनि हुने जानकारी आयोजकले दिएको छ । जहाँ, उपस्थित सबैले आर्थोपेडिक, घरेलु आयुर्वेदिक औषधी उपाचार, युरोलोजी, आँखा सम्बन्धिफुर्सदमा
कोरियामा दलित समुदाय माथी अपशब्द बोल्ने ब्यक्तिलाइ कडा कारबाहीको माग
कोरियामा रहेका केही नेपालीले दलित समुदायलाइ होच्याउने गरि अपशब्द बोल्दै गरेको भिडियो सार्बजनिक भए सगै विभिन्न टिकाटिप्पणी र बिरोध शुरु भएको छ । भिडियो सार्बजनिक भए लगत्तै शशक्त दलित अभियान कोरियाले एक बिग्यती निकालेर शुरु गरेको बिरोध अभियान ब्यक्ति हुदै अहिले विभिन्न संघ सस्थासम्म पुगेको छ । उक्त भिडियोको अभिव्यक्तिले सिङ्गो दलित समुदाय माथिको अपमान र आत्मसंमानमा चोट लागेको भन्दै शशक्त दलित अभियान कोरियाले नेपाली राजदुताबास , एन सीफुर्सदमा
नागार्जुन गुम्बाले मनायाे २५६३ अाैं बुद्ध जयन्ती
दक्षिण काेरियामा रहेका पुरानाे गुम्बा नागार्जुन गुम्बाले २५६३ अाैं बुद्ध जयन्ती मनाएकाे छ । अाइतबार भएकाे कार्यक्रममा नेपालीहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे । बिहान १० बजे देखि सुरू भएकाे पुजापाठ झन्डै तीन घन्टा चलेकाे थियाे । त्यस पछि अाैपचारिक कार्यक्रम भएकाे थियाे जसलाइ नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा, एनअारएन काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङ, नेपाल अादिवासी जनजाति महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाइवा लगाएतले सम्बाेधन गरेकाफुर्सदमा
थेगु नेपाली मन्च काेरियाले सदस्यता बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्दै
दक्षिण कोरियाकाे थेगु क्षेत्रमा रहेका कृयाशिल बिभिन्न संघ संस्थाहरुको छाता संघठन थेगु नेपाली एकता मन्चले सदस्यता बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्ने भएकाे छ। यही मे-२६ तारिख आइतबारको दिन मन्चमा आवद्ध भैसकेका तथा जोडिन चाहने संस्थाहरुलाई सदस्यता बितरण गर्ने भएको छ। साथै उक्त दिन मन्च र मन्चमा आवद्द सदस्य सँस्थाहरुलाई अझ कसरी प्रभावकारी ढंगले एकबद्व गराएर हातेमालो गर्दै अगाडि बढ्ने,बढाउने भन्ने बारेमा बृहत छलफल,सम्मान तथा चियापान कार्यक्रमको पनि आयोजना गरिएकोफुर्सदमा
नेपालबाट आएको विशेषज्ञले सिकाए डिप्रेसन कम गर्ने तरिका
दक्षिण कोरियामा डिप्रेसनका कारणले समस्या भोग्ने धेरै छन् । यस्ता समस्यालाई समाधान कसरी गर्ने भन्ने बारेमा आइतबार सउलमा एउटा कार्यक्रम सम्पन्न भयो । नेपालबाट आएका चक्र थेरपी विशेषज्ञ महेन्द्र कुमार श्रेष्ठले बिभिन्न ठाउँबाट आएका सहभागीका समस्या सुने । सरसल्लाह दिए । दिउँसो १२ बजेबाट भएको कार्यक्रममा ५० जना भन्दा बढि सहभागी भए । यो कार्यक्रमको संयाजन गर्ने काम गैर आवासीय नेपाली संघ एसिया प्यासेफिक महिला संयोजक जुनु गुरुङले गरिकी थिइन्फुर्सदमा