तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली संघिय समाज दक्षिण कोरिया गिम्पो क्षेत्रीय कमिटीको गठन अध्यक्षमा हर्क राज फागो
नेपाली संघीय समाज दक्षिण कोरियाको गिम्पो क्षेत्रीय कमिटि गठन भएको छ । शनिबार भएको भेलाले हर्कराज फागोलाई अध्यक्षमा चयन गरेका छन् । जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आयोजित प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गराएकोमा केन्द्रिय अध्यक्ष महेन्द्र राई लगायत कमिटीका संस्थापक अध्यक्ष नुबेन्द्र थाम्सुहाङ लिम्बूले नव कार्य समितीलाई बधाई र शुभकामना दिएका छन । नेफेसो क्षेत्रीय कमिटीको नव निर्वा्चित कार्य समितीमा उपाध्यक्ष बिष्णु श्रेष्ठ,फुर्सदमा
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ९ अाै अधिबेशन सम्पन्न, बिसन राईको अध्यक्षतामा निर्वाचित
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ९ औ अधिबेशन सम्पन्न भएको छ । आइतबार सुवनको फालदाल खुछङ भएको कार्यक्रमबाट बिसन राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएका छन् । दक्षिण कोरियामा झन्डै १५ बर्ष अगाडि स्थापना भएको संस्थाको मुल कार्यसमिति र बिभाग सञ्चार, सास्कृतिक र खेलकुद गरि १९ सदस्यीय कार्यसमिति बनेको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जाङिमा तामाङ, उपाध्यक्ष वाङ्दी शेर्पा, रन्जन राई, मोहन नाछिरिङ छन् । सचिवमा गोबिन्द राई,फुर्सदमा
कोरियामा फेरी एक नेपालीको हृदयघातका कारण निधन
कोरियामा फेरि एक नेपाली युवाको उपचारको क्रममा बिहिबार निधन भएकोछ । चुङ्गनाम प्रान्तको होङसङ गुन स्थित एक बङगुर फार्ममा कार्यरत ३४ बर्षे युवा योगेन पयाँगु लिम्बुको निधन भएकोछ। तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी लिम्बु ३० महिना अघि ईपिएस मार्फत कोरिया आएका थिए। मृतक लिम्बु केहि महिना देखि नै डाइबिटिजको औषधि खादै दिए । केहि दिन देखि सास फेर्न केहि गाह्रो, पिसाब पनि हल्का रातो र दिशा पनि केहि कालो देखिएपछिफुर्सदमा
काेरियामा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा
सौल बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले अायाेजना गर्ने बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा भएकाे छ। “प्रवासी भुमिमा बागलुङे हरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ सम्पन्न हुन लागेको न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले आउदो डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर भब्य र सब्य रूपमा गर्न लागेको बागलुङ न्यू ईयर सॉगितिक साँझको सम्पुर्ण तयारी पुरा भएकाेफुर्सदमा
दक्षिण कोरियाकाबाट उदयपुरमा भएको सडक दुर्घटनाका घाइतेहरुलाई सहयोग
उदयपुरको बेलका नगरपालीका रङ्गमल गत कार्तिक महिना ट्याकटर दुर्घट्ना परि घाइते तथा मृत्यु भएका परिवारलाई कोरियामा रहेका संघसस्थाले आर्थिक सहयोग गरेको छ । उदयपुर सेवा समाज र थारु कल्याण कारिणिसभा शाखा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको हो । उदयपुर सेवा समाजले पठाएको ३८ हजार चार सय चालिस रुपैया कमल खड्का र सुरेन्द्र खालिङले दुर्घटनामा घाइते भएका परिवारको उपस्थितिमा बेलका नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष तथा राहत संकलन समितिकाफुर्सदमा
दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै ठाउँमा मृत्यू
दक्षिण कोरियामा गत बुधबार चितवनका धनसिं तामाङको मृत्यू भएको एक हप्ता नहुदै काभ्रे बुडाखानी घर भएका सुजन थापाको शनिवार विहान मृत्यू भएको छ । चार बर्ष पहिले इपिएस मार्फत कोरिया आएका थापाको कम्पनीको बस्ने ठाउँमा सुतेकै अबस्थामा ज्यान गएको हो । बिहान कम्पनी जाने बेलासम्म नउठेपछि के भएको हो भनि हेर्न जादा सुतेकै अवस्थामा मृत फेला परेको उनका सहकर्मीको भनाई छ । प्रहरीले पोस्टमार्टम र नेपाल लैजाने प्रक्रिया सोमबार मात्रैफुर्सदमा
सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘गजेन्द्र सर’लाई सम्मान
सुर्खेत समाज दक्षिण कोरियाले गजेन्द्र राना मगर (गजेन्द्र सर) लाई ग्रमीण शिक्षा क्षेत्रको गुणस्तर सुधारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । समाजले बिहिबार सुर्खेतमा गजेन्द्रलाई सम्मान गरेको हो । तपाई हाम्रो सुख दुस्खको साथी भन्ने नारा सहित सन् २०१३ मा स्थपना भएको सुर्खेत समाज दक्षिण कोरियाले स्थपना कालदेखि नै कोरिया र नेपालको विभिन्न क्षेत्रमा सामाजिक कार्य गरिरहेको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका १४ गुमीको जन संयुक्त प्राथमिकफुर्सदमा
नेपाली सम्पर्क समितिले गर्यो सलनालको कार्यक्रम बाँडफाँड
नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाले सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ । आइतबार सउलमा भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका सक्रिय तीनवटा संस्थाले सलनालमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । फेब्रुअरी ३ तारिख आइतबार नेवा पुचःले कार्यक्रम गर्ने एनसिसीले बताएको छ । सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिख उदयपुर सेवा समाज दक्षिण कोरियाले आफ्नो प्रस्तुति दिने बताइएको छ । सलनालको दोस्रो दिन अर्थात फेब्रुअरी ५ तारिखमा नुवाकोट समाज दक्षिणफुर्सदमा
“मान वन न्यानो बाडौं अभियान” सुरु, सहयोग गर्न कोरियाबासी नेपालीहरुलाई अपिल
सउल । दक्षिण कोरियामा रहेका नेपालीहरुले बिगत करिब ४ बर्ष देखि चलाउँदै आएको “मान वन न्यानो बाडौं” अभियान यसपालि पनि सुरु भएको छ । विकट र विपन्न बस्तीहरुमा वृद्ध र बालबालिकाहरुलाई जाडोबाट जोगाउने उदेश्यले यहाँ रहेका नेपाललीहरुले हरेक बर्ष उक्त अभियान संचालन गर्दै आएको छ । अभियानबाट संकलित रकमबाट नेपालमा अत्यन्तै न्युन आर्थिक अबस्थाका कारण जाडो याम कटाउन एउटा तातो कपडा किन्न पनि निकै नै धौधौ पर्ने अति विपन्न पिछडिएकाफुर्सदमा
याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुजित घिसिङ्
याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न भएको छ । ख्यङ्साङ्नाम्दो, बुसान क्षेत्रको पुरानो क्षेत्रीय संस्था याङ्सान नेपाली परिवारको गत २ तारिक आइतबारका दिन याङ्सान नेपाली आवाश गृहमा अधिबेशन सम्पन्न भएको हो । पुर्ब अध्यक्ष लुम ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले पुनः निबर्तमान अध्यक्ष सुजित घिसिङकै अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिबेशनको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि लगायतका अन्य अतिथिहरुले आफ्ना भनाइहरु सहितको शुभकामना मन्तव्य व्यक्त गरेकाफुर्सदमा