तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा सुतेकै अबस्थामा एक नेपालीको मृत्यू
दक्षिण कोरियामा सुतेकै अवस्थामा कैलालीका प्रमोद चौधरीको निधन भएको छ । छुन्छङनाम्दो उन्संगुनको बंगुर फार्ममा कार्यरत उनी तीन बर्ष अघि कोरिया आएका थिए । दुई जना नेपाली मात्र काम गर्ने बंगुर फार्म धेरै ठूलो नभएको संगै काम गर्ने पोखराका खगराज ढुङ्गनाले बताएका छन् । बेलुकीसँगै खाना खाएर सुतेको भए पनि विहान काममा जान समयमा नउठे पछि उठाउन खोज्दा मृत फेला परेका थिए । चौधरीको शब स्थानीय अस्पतालमा लगिएको र प्रारम्भिकफुर्सदमा
दक्षिण कोरियामा कमाइ उत्पादमुलक क्षेत्रमा लागानी गर्नुस : कांग्रेस नेता प्रदीप पौडेल
नेपाली काग्रेसका युवा नेता प्रदीप पौडेलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन । दक्षिण कोरियाको राजधानी सउलमा आइतबार भएको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । पौडेलले जनतालाई सरकारले नागरिकता मात्र दिएर राज्यको दायित्व पुरा नहुने बताए । ‘ जनतालाई गुणस्तरीय शिक्षा, राम्रो उपचारको व्यवस्था पनि हुनु पर्छ । दक्षिण कोरियाको कामदारको जीवनशैली खाडीको भन्दा राम्रो भएको साथै नेपाली यहाँ आउँदा जिटुजी सम्झौताफुर्सदमा
बुद्द प्रतिमा स्थापना अभियान काेरियाले अार्थिक बिबरण सार्बजनिक गर्याे। पुर्ण बिबरण सहित।
बुद्द प्रतिमा स्थापना अभियान सचिबालय काेरियाले बुद्द प्रतिमा स्थापना गर्नका लागी भएकाे अाम्दानी खर्चकाे पुर्ण बिबरण सार्बजनिक गरेकाेछ। नेपाली सम्पर्क समिति द कोरियाको संयोजन , बौद्ध परिवार परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ जनवरिमा स्थापना गरि सचिबालयले आर्थिक अभियान चालेको थियो। २०१८ मे २० तारिख योङ्गगिन सिटीमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्ध प्रतिमा ल्याई स्थापना गरिसकेको छ। उक्त अभियानका लागि संकलन भएकोफुर्सदमा
ए–प्लाष्टिक एनेमिया रोगबाट पीडित पत्रकार बिजय रानालाइ काेरियाबाट सहयाेग हस्तान्तरण।
ए–प्लाष्टिक एनेमिया नामक रोगबाट पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार संघ नेपाल बागलुङका सचिव विजय रानाको उपचार सहयोगार्थ दक्षिण कोरियाबाट १ लाख १८ हजार ६ सय ५९ रूपयाँ प्रदान गरिएकाे अार्थिक सहयाेग संकलन अभियन्ता बिदुर शर्माले बताएका छन्। उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा शिखरन्युज डटकमका सम्पादक उदय जीएमले आज पत्रकार रानालाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका अवसरमा सुरेन्द्र शर्मा चालिसेको पनि सहभागिता रहेकोफुर्सदमा
कोरियामा पत्रकारिता तालिम हुँदै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र तामाङ पत्रकार संघ दक्षिण कोरियाले यही सेप्टेम्बर ९ तारिख आइतबार एक दिने आधारभूत समाचार लेखन तालिम गर्ने भएको छ । सउलमा हुने कार्यक्रममा पत्रकार गोकुल थोकर, बाला राई र डम्बर सुब्बाले तालिम दिनेछन् । ‘विदेशमा भएका साथीहरु समाचार लेख्न चाहन्छन् तर सिप र शब्दको प्रयोग गर्न जान्दैनन् । त्यस्ता साथीहरुका लागि यो तालिम हो’, आयोजक संस्था तामाङ पत्रकार संघ, दक्षिण कोरियाका अध्यक्ष सिमाफुर्सदमा
थेजन नेपाली समाजले चलचित्र “क्रृ” प्रदर्शन गर्दै तेस्रो अधिवेशन गर्ने
कोरियाको मध्य क्षेत्र थेजन शहर वरीपरी बसोबास गर्ने नेपालीहरुको साझा संस्था थेजन नेपाली समाजले यही आइतबार सेप्टेम्बर २ तारिख तेस्रो अधिवेशन गर्ने भएका छन् । सोही अवसरमा समाजले नेपाली कथानक चलचित्र “क्रृ”को प्रदर्श पनि गर्ने भएका छन् । समाजद्धारा संचालित सेल्टरको सहयोगार्थ यस अघि पनि धेरै नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आएका थिए । कार्यक्रम थेजन यक नजिकै रहेको छनथोइ० नरेग्वान भवनको पाँचौ तलामा गर्ने भएका हुन् । चलचित्र हेर्दै हप्ताभरीकोफुर्सदमा
नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाकाे पत्रकार सम्मेलनमा हस्तक्षेप गर्न काेरियन प्रहरी लगाइएकाे प्रति प्रेस बिज्ञप्ती
नेपाली सम्पर्क समिति काेरियाले निबर्तमान अध्यक्ष प्रेम शाहले बाकी बुझाउन रहेकाे रकम भुक्तानी गर्ने सम्बन्धमा र प्रेम शाहले निकालेकाे प्रेश बिज्ञप्तीका सम्बन्धमा सत्य तथ्य कुरा बताउन पत्रकार सम्मेलन अाइतबार अाज साैलमा अायाेजना गरिएकाे थियाे।उक्त सम्मेलनमा प्रहरी हस्तक्षेप गरि कार्यक्रम बिथाेल्ने र धरपकड गर्ने उद्देश्यले काेरियन प्रहरी पठाइएकाे प्रति घाेर अापत्ति प्रकट गर्दै एन सि सिले निकालेकाे प्रेश बिज्ञप्ती। आज मिति 2018/08/26 गते नेपाली सम्पर्क समिति(NCC)दक्षिण कोरियाले कोरियाको राजधानी सउल स्थितफुर्सदमा
एनसिसि पूर्व अध्यक्ष शाहले आर्थिक हिनामिना गरेको आरोप, हिसावकिताव बुझाउन एनसिसिको आग्रह
नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरेको र आफ्नो कार्यकाल सकिएको एकवर्ष बितिसक्दा पनि संस्थाको हिसावकिताव नबुझाएको आरोप लगाइएको छ । एनसिसिले एक एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएको हो । पूर्व अध्यक्ष शाहले आफ्नो कार्यकाल सकिएको एक वर्ष बितिसम्दा पनि संस्थाको कुनै कागजात, स्ट्याम्प लगायत आर्थिक हिसाव वापत एक करोड बाइस लाख कोरियन वन नबुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसारफुर्सदमा
पत्रकार सम्मेलन मार्फत बुद्द प्रतिमा स्थापना अभियानकाे बिस्तृत बिबरण सहित हिसाब सार्बजनिक गरिने।
काेरियामा बुद्द प्रतिमा स्थापना अभियानकाे बिस्तृत हिसाब पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने भएकाे छ। केहि समय अघिनै यस अभियानकाे अार्थिक हिसाब किताब अनलाइन मार्फत सार्बजनिक गरेता पनि डिटेल हिसाव भने सार्बजनिक गरिएकाे थिएन। अझै पनि केहि संस्था र ब्यक्तिहरू अाफुले घाेषणा गरेकाे सहयाेग रकम समयावधि भित्र नबुझाएकाले तुरून्तै बुझाउन हुन पनि अार्थिक संयाेजक भक्त सेरचनले अनुराेध गरेका छन्। नेपाली सम्पर्क समिति काेरियाकाे संयाेजन ,नेपाल बाैद्द परिवार काेरियाकाे सहकार्य तथा नेपालीफुर्सदमा
फोनिज कोरियाको यही आइतबार दोस्रो अधिवेशन गरिने
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरियाको यही आइतबार अगष्ट १९ तारिख थेजनमा दोस्रो अधिवेशन गरिने भएको छ । अधिवेशनमा कोरियामा रही विभिन्न मिडियामा संलग्न रहेका आदिवासी जनजाति मूलका पत्रकारहरुवीच एक आपसमा परिचय गरी आगामी दिनमा स्तरिय पत्रकारिता बारे छलफल गरिने छ । साथै कोरियाका विभिन्न पत्रकारिताबारे विचार विमर्श गरी फोनिज कोरियाको भावी कार्यनीति तय गरीने छ । आदिवासी जनजनतिका संस्कृती तथा पहिचानका सवाल र मुद्यालाई मिडिया उठान गरिने बारेफुर्सदमा