तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
कोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९फुर्सदमा
कोरियामा सप्ताहव्यापी ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव’, ७ दिनमा ७ विधाका कार्यक्रम
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा ७ दिनमा ७ विधाका कार्यक्रम गरी मनाउने भएको छ । विश्वभर हरेक बर्ष फेब्रुअरी २१ का दिन मनाईने “अन्तर्राष्ट्रिय मातृभाषा दिवस” लाई यो बर्ष आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले भौतिक तथा अनलाईन माध्यमबाट यसरी एक हप्ता मनाउन लागेको हो । अन्तिम सेसन भने २५ तारिख आइतबार भौतिक रूपमा उपस्थिति भएर समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष खेम पुन मगरले फोनिज कोरियालाई बताएकाफुर्सदमा
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ११ मा हुने
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौथो अधिवेशन हुने भएको छ। आगामि फेब्रुअरी ११ तारिख आइतवार दिउँसो १ बजेदेखि दोङ्देमुन स्थित दर्शन नमस्तेको सभाहलमा कार्यक्रम आयोजना हुने अध्यक्ष राजेन्द्र चेम्जोङले जानकारी गराएका छन्। सलनालको दोश्रो दिन हुने अधिवेसनमा प्रवासमा रहेका सम्पूर्ण पाँचथर बासीलाई कार्यक्रम सफल बनाउनको निम्ति अनिवार्य उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। ” प्रवासमा एकता, पाँचथर बासीहरुको पतिवद्धता” भन्ने मूल नाराका साथ सन २०१४ मा स्थापित यस संस्थालेफुर्सदमा
फेब्रुअरी ११ मा ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको महाधिवेशन हुने
ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौथो महाधिवेशन हुने भएको छ। आगामि फेब्रुअरी ११ तारिख आइतवार दिउँसो २ बजेदेखि दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम आयोजना हुने अध्यक्ष सागर माङ्मुले जानकारी गराएका छन्। सलनालको तेश्रो दिन हुने अधिवेसनमा प्रवासमा रहेका सम्पूर्ण ताप्लेजुङ बासीलाई कार्यक्रम सफल बनाउनको निम्ति अनिवार्य उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। “हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ प्रवासी भूमी ताप्लेजुङको एकता , सिंङ्गो ताप्लेजुङ जिल्लाको शिक्षा र विकासमा हाम्रोफुर्सदमा
कोरियामा ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव-२०२४’ सप्ताहव्यापी मनाउने
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १९ देखि २५ तारिख सम्म विभिन्न विधाका कार्यक्रम गरी मनाउने भएको हो । ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव—२०२४’ नाम राखेर सप्ताहव्यापी कार्यक्रमको तालिका आयोजकले सार्वजनिक गरेको छ । सोमबारदेखि शनिवारसम्म (फेब्रुअरी १९—२५) सम्म जुम माध्यबाट अनलाइनमार्फत सेसन सञ्चालन गर्ने र आइतबार भौतिक रूपमा उपस्थितिमा अन्तिम सेसनबाटफुर्सदमा
कलेजको प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि सरकारविरुद्ध मुद्दा दायर
दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि सरकारविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयमा भर्ना पाउन लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका हुन् । सरकारविरुद्ध करिब ३९ विद्यार्थीले मङ्गलवार मुद्दा हालेका हुन्। देशको राजधानी सोलस्थित एउटा केन्द्रमा कोरियाली भाषाको परीक्षा सकिएको जनाउ दिने घण्टी समय नभई बजेको उनीहरूको दाबी छ। दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षालाई छोटकरीमा ‘सन्यङ’ भनिन्छ। यसमा विद्यार्थीहरूलेफुर्सदमा
बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग
कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो कोषको पाँच लाख कोरियन वोन बिरामीको खातामा सिधा ट्रान्सफर गरिएको हो । सन् २०१३ मा GKS मार्फत बिद्यार्थी भिसामा दक्षिण कोरियामा आएकी रिया जटिल स्वास्थ्य समस्याका बाबजुद पनि केहिफुर्सदमा
दक्षिण कोरियामा १५ वर्षमा २५० नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने धेरै
पारिश्रमिकका हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा पछिल्लो १५ वर्षमा २५० जना नेपालीले ज्यान गुमाएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म इपिएस प्रणालीअन्तर्गत कोरिया पुगेका २५० जना नेपालीले ज्यान गुमाएका हुन्। यस अवधिमा ६८ जनाले आत्महत्या गरेका छन् भने ६२ जनाको मृत्युको कारण खुलेको छैन। कार्यस्थलमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ३० छ। त्यस्तै, सडक दुर्घटनाबाट २९ जना, विभिन्न किसिमको बिरामी भएर २२ जना, पानीमा डुबेर ४ जना र अन्य विभिन्न कारणबाटफुर्सदमा
लमजुङ परिवारले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने
लमजुङ परिवार दक्षिण कोरियाले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने भएको छ । आईतबार हुने कार्यक्रम जीहाङको नागार्जुन गुम्बामा हुनेछ । संस्थाका अध्यक्ष मेघ प्रसाद वाइबाले दिएको जानकारी अनुसार बिहान साढे १० बजेबाट लामाले मृतकको नाममा मोलाम पूजापाठ गरेर कार्यक्रम सुरु गर्ने छन् । पूजापाठ एक घण्टा चल्ने छ । दिउँसो १२ बजे देखि श्रदान्जली सभा हुनेछ । ‘दक्षिण कोरियामा रहेका हामी नेपालीहरुको अभिभावक नेपाली राजदुतावास सौल लगायत विभिन्नफुर्सदमा
“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै
मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्रीफुर्सदमा