तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
खोटाङ हलेसी रनिङ कपको टाईसीट जुन २८ मा
फोनिज कोरिया संवाददाता सोल-खोटाङ सेवा समाज कोरियाले आयोजना गर्न लागेको ‘खोटाङ हलेसी भलिबल रनिङ कप तेश्रो ‘ को टाईसीट आउदो जुन २८ मा प्रकाशन गरिने भएको छ | तुङदेमुनको लक्ष्मी रेस्टुरेन्टमा बिहान ११ बजे प्रकाशन गरिने भएकाले सहभागी टिमलाई समयमै उपस्थित हुन समाजले आग्रह गरेको छ | प्रवासमा रहेर नेपाली मन र भावना आदानप्रदान गर्दै भलिबल खेलको विकास गर्ने मुख्य उद्धेश्य भएकाले कोरियामा कार्यरत बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनीधिहरु,फुर्सदमा
अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा
निश्चल काउचा सोल – चिलीमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले जमैकालार्इ पराजित गरेको छ । लियोनेल मेस्सीले देशका लागि एकसयौं खेल खेलिरहदा खेलको ११ औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोन्जालो हिगुइनले विजयी गोल गरेपछि अर्जेन्टिना समूहको बीको खेलमा दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै अर्जेन्टिना सात अंकसहित समूह बीको समूह विजेता भएको छ । पछिल्लो खेलमा जमैकालाईफुर्सदमा
भोम्जन परिवारलाई १२ लाख सहयोग
फोनिज कोरिया संवाददाता काठमाडौं,-नेपाल खेलकुद पत्रकार मञ्चले भूकम्पका कारण ज्यान खेलपत्रकार सुमन भोम्जनको परिवारलाई साढे १२ लाख रुपियाँ बढीको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मञ्चले भोम्जनको घर हेटौडा पुगेर शनिबार सहयोग हस्तान्तरण गरेको हो | मञ्च अध्यक्ष अजय फुयालको नेतृत्वमा भोम्जनको परिवार भेट्न पुगेको मञ्च टोलीले विभिन्न संघ, संस्था र व्यक्तिबाट संकलित १२ लाख ५९ हजार ३ सय ९४ रुपैयाँको चेक सुमनका बाबु सुरेन्द्रबहादुर र आमा विमला लामालाईफुर्सदमा
बिमललाई बेल्जियममा अर्को अवसर
राजु घिसिङ काठमाडौं – बेल्जियमको सर्वाधिक सफल फुटबल क्लब एन्डरलेच्त र गेन्कको एकेडेमीमा दुई–दुई महिना बिताएका यू–१७ का कप्तान विमल घर्तीमगरलाई त्यहाँको फस्ट डिभिजन लिग उपविजेता ‘क्लब ब्रुग केभी’ ले ट्रेनिङका लागि बोलाएको छ । डच क्लब एफसी टेन्टेमा पनि ट्रायल दिएका उनलाई ब्रुगले तीनमहिने ट्रेनिङलाई बोलाएको हो । तर, क्लब ब्रुगले पत्र पठाएको ११ दिन भइसके पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जवाफ नदिंदा उनको करिअर संकटमाफुर्सदमा
खोटाङ हलेसी रनिङ कप तयारी पुरा
फोनिज कोरिया संवाददाता सोल-खोटाङ सेवा समाज कोरियाले आयोजना गर्न लागेको ‘खोटाङ हलेसी भलिबल रनिङ कप तेश्रो ‘ को तयारी पुरा भएको जनाइएको छ | खेलकुदको विकास तथा आपतकालीन राहत कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको सो कप जुलाई ५ मा सुयो स्टेशन नजिकै रहेको हेवा महिला माध्यमिक विद्यालयको कभर्ड हलमा हुने भएको हो | आउदो जुन २८ मा टीम दर्ता र टाईसीट प्रकाशन गरिने भएकाले टिम दर्ताफुर्सदमा
ब्राजिलियन स्टार नेईमार माथि ४ खेल प्रतिवन्ध
निश्चल काउचा सोल – चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको कोलम्बियाविरुद्दको खेलमा खेल भावनाविपरीतको क्रियाकलाप गरेका ब्राजिलियन स्ट्राइकर नेमारलाई ४ खेलमा प्रतिबन्ध लगाइएको छ । साथै १० हजार डलर जरिवाना तिर्नु पर्नेछ । ब्राजिल १–० ले पराजित भएपछि नेयमारले आक्रोसमा बल हान्दा कोलम्बियाका अर्मेरोलाई लागेको थियो । त्यही बिबादले उग्र रुप लिए पछि रेफ्रीले नेयमार र कोलम्बियाका बाकाले रातो कार्ड पाएका थिए । खेलको अन्तिम सिठी बजिसकेकोफुर्सदमा
वोमन वल्ड कपमा दक्षिण कोरिया अन्तिम १६ मा
निश्चल काउचा सोल – क्यानडामा जारी फिफा वोमन वल्ड कपमा दक्षिण कोरिया दोस्रो चरणमा प्रवेश गरेको छ | आज बिहान भएको खेलमा दक्षिण कोरियाले स्पेनलाई २ – १ ले हराउदै अन्तिम १६ आफ्नो स्थान पक्का गरेको हो | खेल सुरु भएको २९ औ मिनेटमा स्पेनकी भेरोले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् | पहिलो हाफमा १ – 0 ले पछि परेको दक्षिण कोरिया दोस्रो हाफ पछि लयमा फर्कियोफुर्सदमा
फिफा वोमन वल्ड कपमा कोरिया कोस्टारिकासंग बराबरीमा रोकियो
निश्चल काउचा सोल – क्यानाडामा जारी फिफा वोमन वल्ड कप फुटबलमा दक्षिण कोरिया कोस्टारिकासंग बराबरीमा रोकिएको छ | गए राति भएको खेलमा खेल शुरु भएको १७ औ मिनेटमा कोस्टारिकाकी मेल्लिसा हेर्रेराले आफ्नो देशका लागि खाता खोलिन | उनीहरुको खुशी ४ मिनेट पनि टिक्न नपाउदै दक्षिण कोरियाकी जी सोयुङले गोल पर्काउदै खेल बराबरीमा ल्याईन | फेरि २५ औ मिनेटमा जेओन गेउलले दोस्रो गोल गर्दै कोरियाको अंक दोब्बर पारिन | हाफफुर्सदमा
मर्सका कारण दाश्रो माछापुच्छ्रे रनिङ कप स्थगित
फोनिज कोरिया संवाददाता सोल-कास्की परिवार कोरियाद्वारा जुन २१ आइतबारका दिन आयोजना गर्न लागिएको दाश्रो माछापुच्छ्रे रनिङ कप स्थगित हुने भएको छ । कोरियामा फैलिएको प्राण घातक रोग मर्सका कारण दैनिक जनजीवन अत्यन्तै कष्टप्रद बन्दै गएपछि सो कप स्थगित गरिएको हो । मर्सका कारण अवस्था जटिल बन्दै गएपछि सोलस्थित नेपाली राजदूतावासले नेपाली समुदायलाई सजग सहन आग्रह गरेको सन्दर्भमा उक्त कप स्थगित गरिएको आयोजकले जनाएको छ | कार्यक्रमको विभिन्न चरणको कार्यहरु पूराफुर्सदमा
बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि
निश्चल काउचा सोल – शनिबार राति भएको उपाधि भिडन्तमा लिओनल मेस्सीको दुई गोलको मद्दतले एथ्लेटिको बिल्बाओलाई बार्सिलोनाले ३–१ ले पराजित गर्दै उपाधि उचालेको हो । यो बार्सिलोनाको २७ औं कोपा डेल रे उपाधि हो | घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २० औं मिनेटमा मेस्सीको गोलबाट खाता खोल्यो । ३६ औं मिनेटमा नेयमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० को अग्रता लिन सफल भयो । ७४ औं मिनेटमाफुर्सदमा