Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा आत्महत्या नौ प्रतिशतले बढ्यो

दक्षिण कोरियामा आत्माहत्य गरेर मृत्‍यु हुनेको संख्या करिब नौ प्रतिशतले बढेको छ । स्थानीय आत्महत्या रोकथाम एजेन्सीका अनुसार वर्षको पहिलो आधामा वार्षिक रूपमा नौ प्रतिशतले बढेको हो । आईतवार सार्वजनिक तथ्याङ्क अनुसार अल्पसंख्यक मानिसहरूले महामारीबाट सामान्य अवस्थामा फर्कने प्रयासमा बढी कष्ट भोगिरहेको कारणले यस्तो अवस्था सृजना भएको हो । कोरियामा जनवरी र जुन बीचमा कुल ६,९३६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ६,३७५ आत्महत्या भएको थियो ।फुर्सदमा

“आगो टेक्छ योद्धा” कोरियमा सार्वजनिक हुने

विनेश राई ‘मिन्जाई’ को गजल सङ्ग्रह ‘आगो टेक्छ योद्धा’ कोरियामा सार्वजनिक हुने भएको छ । छुसकको दोस्रो दिन सेप्टेम्बर २९ गते सउल दोङदेमुनमा हुने भएको हो ।  नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रममा उक्त कृति माथि परिचर्चा पनि हुने बताएको छ । परिचर्चा कार्यक्रममा टिप्पणीको लागि कवि स्पन्दन दिपक खनाल, ह्यारी बोण्ड र शकुन आँशु रहने छ । सहजकर्ता कवि दिलीप बान्तावाले गर्ने लेखक संघकाफुर्सदमा

पर्वत समाजको अध्यक्षमा दिपक केसी निर्वाचित

पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । आईतवार सौल स्थित नेपाल थाई रेष्टुरेन्टमा भएको अधिवेशनबाट दीपक केसी अध्यक्षमा निर्वाचित भएको हो । केसीको नेतृत्वमा सर्वसम्मतिले २१ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिमल खत्री तथा उपाध्यक्षहरुमा जीबन पौडेल र सरोज गुरूङ रहेका छन् ।  महिला उपाध्यक्षमा सृजना तिवार महासचिवमा कमला के सी, सचिवम आशिष गुरूङ र मनोज भुषाल रहेका छन्  । त्यस्तै कोषाध्यक्षफुर्सदमा

छुसकको पहिलो दिन काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन हुने 

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा अधिवेशन गर्ने भएको छ । राजधानी सौल स्थित यति रेस्टुरेन्ट एण्ड बारमा समितिको सातौं अधिवेशन हुन लागेको अध्यक्ष प्रकाश योञ्जनले जानकारी दिएका हुन ।   अधिवेशन बाट आगामी कार्यकालका लागि नयाँ  कार्यसमितिको निर्वाचन समेत हुने जनाएको छ ।  कोरियामा काभ्रेलीहरूको क्षेत्रीय संस्था काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) को आसन्न सातौं अधिवेशनमा कोरियामा रहेका सम्पूर्णलाई सहभागि हुन अध्यक्ष योञ्जनलेफुर्सदमा

दक्षिण कोरियामा ‘भस्मे डन’(पशुपति प्रसाद २), शोको लागि बुकिङ खुल्ला

चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ! अभिनेता विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का अभिनित नेपाली कथानक चलचित्र “भष्मे डन”(पशुपति प्रसाद २ )को ट्रिजर र “दुई चुल्ठी बाटन”अफिसियल गीत सार्वजनिक सँगै दक्षिण कोरिया शोको लागि बुकिङ खुल्ला गरिएको हो । “नमस्ते(फ्याफुल्ला)नेपाल-कोरिया डिजिटल प्रा.लि” ले अफिसियल राईट्स लिएको “भष्मे डन”(पशुपति प्रसाद २)नेपालीहरुको चार्ड दशैँको अवसर पारेर प्रदर्शन गर्न लागेको हो। साथै कोरियमा पनि त्यहिफुर्सदमा

कोरियमा कोभिड-१९ परीक्षणको शुल्क लाग्ने

दक्षिण कोरियामा नि:शुल्क कोभिड-१९ परीक्षण समाप्त भएको छ । कोभिड-१९ लाई पनि मौसमी फ्लूको रूपमा वर्गीकरण गर्दै बिहिबार बाट सर्वसाधारणका लागि शुल्क लाग्ने स्वास्थ्य अधिकारीले जनाएको हो । स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस परीक्षणहरू अझै उपलब्ध हुनेछन्, तर अब सबैका लागि निःशुल्क हुने छैन । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले कोभिड-१९ लाई क्लास २ बाट क्लास ४ घोषणा गरेको छ । यस संगै करिव ३ बर्ष सम्मा कोभिड-१९ लाई महमारीकोफुर्सदमा

राप्ती समाजको छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन डान्स पार्टी २०२३ हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाद्धारा सउल नजिकै सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN र DJ Tshering को फिचरिङ रहेको सो कार्यक्रम बेलुका ९ बजेदेखि रातभरि सञ्चालन हुने आयोजक संस्थाकाफुर्सदमा

किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने

कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिकाफुर्सदमा

दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने

नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ ।  आगामी सेप्टेम्बर  १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ । मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष  तुला घरतीमगरले फोनिज कोरियालाई  जानकारीफुर्सदमा

धुलिखेल नगरपालिकामा फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि

कोरियाली । धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ । यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ । बढ्दो शहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो । यो प्रविधि भेरी नगरमा पनि लागू गर्नफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...