Tuesday, November 12th, 2019
गायक जीवन शर्माकाे छाेराकाे उपचारमा काेरियाबाट ९ लाख ५० हजार सहयाेग
जीवनभर जनताका दु:खका गीत गाएर अमुल्य सम्पत्ती स्वरुप जनताको अपार माया पाइराखेका जनगायक जीवन शर्मालाई यतिबेला ठूलो बिपत्ति आई परेको छ । माइला छोरा अमृत अाचार्यकाे खाना खादा हड्डि अड्किएकाेले स्वास्थ्यमा आकस्मिक समस्या आएकोले एकपछी अर्को जटिल शल्यकृया गर्नुपरेकाे छ। सोको लागी ठूलो धनराशि खर्च भैसकेकोछ। अझै धेरै खर्च लाग्ने अस्पतालले बताएको छ। उक्त आर्थिक समस्यालाई बहन गर्नु सिङ्गो परिवारको सामर्थ्य बाहिरको कुरा भएकोले यो दुखमा देश बिदेशबाट समेत स्वत स्फुर्त रूपमा साथ दिइ सहयोग गरेका छन्। यसै क्रममा काेरिया बाट मात्र ९ लाख ५० हजार रूपैया सहयाेग भएकाे छ।फुर्सदमा