Sunday, July 12th, 2020
दक्षिण कोरियाबाट कलाकार देव लामालाई आर्थिक सहयोग
बिगत लामो समयदेखि गम्भीर रोगको सिकारले थला परेका पुर्व पत्रकार तथा कलाकार देव लामाको स्वास्थ्य उपचारको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग गरेको छ । कोरियामा रोजगारी गरिरहेका नेपालीहरुले उपचारको लागि २ लाख ४० हजार ६ सय सहयोग सहयोग गरेको हो । शनिबार मिड्सिटी अस्पातल ललितपुर पुगी तामाङ पत्रकार संघका निर्वतमान अध्यक्ष जगत दोङ तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष गौतम लामा, संघकै पूर्वाध्यक्ष देवसिं दोङ र तामाङ समाज ख्याङ्सङ, बुसानको संस्थापक अध्यक्ष विश्वास ब्लोनको उपस्थितिमा हस्तान्तरण गरेको हो । उक्त रकम कोरियाबाट विश्वास ब्लोनको बैंक खातामा पठाएको थियोफुर्सदमा