Thursday, January 28th, 2021
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाद्वारा जिल्लाका अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जिल्लाको विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। उक्त संस्थाले नेचा सामुदायिक हस्पिटललाई रु ८५,२०० मूल्य बराबरको अक्सिजन मेसन १ थान, माहाकुलुङ सामुदायिक हस्पिटल लाई रु ९२,००० मूल्य बराबरको E.C.G मेसिन १ थान यसैगरी, सल्यान सामुदायिक हस्पिटललाई रु २,५८० मूल्य बराबरको नेबुलाईजर मेसिन १ थान र रु २५,३१२ मूल्य बराबरको प्रीन्टर कलरपनि सहयोग गरेको छ। थुलुङ दुधकोशि हस्पिटललाई १ लाख १ सय रुपैयाँ र सोताङका मृगौला पीडित मनकुमारी राईलाइ १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष विसन राईले जानकारी दिएका छन्। सोलुखुम्बु सेवा समाजफुर्सदमा