Wednesday, June 26th, 2024
पहिलाे नेपाली महिला मैत्रीपूर्ण फुटबल र ह्वासाङ पुरूष फुटसल कप हुने
अमिर योन्जन । दक्षिण कोरियामा पहिलो पटक नेपाली महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । यही जुन महिनाको ३० तारिख आइतबार यहाँ बसोबास गर्ने नेपाली खेलाडी महिलाहरूको प्रतियोगिता शुभारम्भ गर्न लागेको हो । नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ)ले एक सूचना जारी गर्दै महिला फुटबल खेलाडी र फुटबल प्रेमीहरूलाई उपस्थितिको लागि आव्हान गरेको छ । प्रतियोगिता कोरियाको ख्याङ्गीदो प्रान्तको ह्वासाङ सी क्षेत्रको याङ्नाममा हुने सूचनामा उल्लेख छ । महिला मैत्रीपूर्ण खेल मध्यान्ह १२ बजे विश्राम समयमा हुने उल्लेख छ । ‘पहिलो ह्वासाङ फुटसल कप–२०२४’ प्रतियोगिताफुर्सदमा