Thursday, July 18th, 2024
मनसरा चलचित्रको आयव्यय सार्वजनिक , चुम्लुङ कोरिया २ करोड ७३ लाख वन नाफामा
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले प्रदर्शन तथा वितरण गरेको मनसरा चलचित्रको आयव्यय सार्वजनिक गरेको छ। सिरिजङ्गा लिपि युनिकोड निर्माण सहयोगार्थ मनसरा चलचित्र गत महिना कोरिया भरी प्रदर्शन गरिएको थियो। चुम्लुङ कोरियाले एक विज्ञप्ति जारी गर्दै चलचित्र प्रदर्शन र वितरणबाट २ करोड ७३ लाख ८४ हजार वन नाफा भएको जनाएको छ। ४ करोड ७५ लाख १९ हजार ५ सय ५५ कोरियन वन बराबरको कारोबार गरेकोमा २ करोड १ लाख ३५ हजार १ सय ७० कोरियन खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । मनसरा चलचित्रबाट संकलित रकम सिरिजङ्गा लिपिको युनिकोड निर्माणार्थफुर्सदमा
छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
कोरियाको महान चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाले “हिमालयन सांगितिक धमाका ” आयोजना गर्ने भएको छ। विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ कार्यक्रम गर्न लागिएको अध्यक्ष दोर्ची शेर्पाले जानकारी गराएका छन्। आगामि सेप्टेम्बर १७ तारिख दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ। संघले आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ। कार्यक्रमलाईफुर्सदमा