Monday, October 14th, 2024
विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
कोरियाको आन्सान शहरमा वृहत दशैँ महोत्सव सम्पन्न भएको छ। अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान स्थित 화랑 유원지 पार्कमा सम्पन्न महोत्सवमा टीका जमारा ग्रहण साथै विविध साँस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रममा उपस्थितहरुले कोरियामा रहेका ८८ वर्षिय ज्येष्ठ नागरिक देउ कुमारी थापाको हातबाट टीका तथा जमरा ग्रहण गरेका थिए। नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा विविध मनोरञ्जनात्मक सांगितिक एवम साँस्कृतिक झाँकिहरु प्रस्तुत गरिएको थियो। आन्सान स्थित कोरियन कलाकारको टोलीले नेपाली लोक धून ” रेशम फिरिरी…” बाद्यवादनबाट पस्केका थिए । यसैगरी कोरियन आरिराङ लगायतका धूनहरुले दर्शकलाई मोहित बनाएका थिए। आन्सानका तेक्वान्दोफुर्सदमा