Tuesday, December 3rd, 2024
कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
दक्षिण कोरियामा डिसेम्बर १५ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। उक्त दिन चुम्लुङ कोरिया सौल केन्द्रले चासोक मनाउने भएको हो। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। चासोक तङनाममा कोरियामा रहेका गायक पेपराज माबोहाङ, सुमन लिम्बू, भीमसागर मादेम्बा, सायल हेल्लोक, मिथुन तुम्बापो र मन्दिरा नेम्बाङको सांगीतिक प्रस्तुति रहनेछ भने केलाङ र धान नाच समेत रहने छ। चासोक सेवा अनुष्ठान गर्ने कार्यक्रम सँगै लिम्बू मौलिक परिकार याङ्बेन, तिते, फाक्सा आदि पनि रहने अध्यक्ष विनोद सौदेनले फोनिज कोरियालाई जानकारी गराएकाफुर्सदमा