Saturday, December 14th, 2024
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने
नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया सउल केन्द्रले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने भएको छ । मञ्जुश्री संवत् २८६१ को नयाँ वर्ष सुरु हुने र सर्प वर्ग सोनाम ल्होछारको अवसर पारेर नेपालका ख्याति प्राप्त कलाकारहरूको साथमा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने भएको हो । घेदुङले पोस्टर र निमन्त्रणा कार्ड सार्वजनिक गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमा रकम थप गर्ने उद्देश्यले बृहत् ल्होछार कार्यक्रम गर्ने भएको हो । कलाकारको फोटो बिनाको पोस्टर पोस्ट गर्दै घेदुङले कोरियामा रहेका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, अभियन्ता, व्यवसायी, विद्यार्थी, पत्रकार, लेखक तथा आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाईफुर्सदमा