Monday, February 3rd, 2025
सलनाल २०२५ र हिउँफूल “संस्मरण” – मातृका नेम्बाङ
यसपटक चाईनिज तथा कोरियन नयाँ बर्ष सल्नालमा लामो(एक हप्ता) विदा हुने कुराले म पहिल्यै देखि उत्साहित थिएँ। सल्नाल विदामा हुन लागेका कार्यक्रमहरुको प्रचार प्रसार पहिल्यै देखि तिब्र गतिमा भइरहेको थियो। मेरा लागि भने यस पटकको सल्नाल सौल केन्द्रित कार्यक्रमहरुको अतिरिक्त मेरा सहपाठी मित्र किरण बन्जाडे लगायत छिमेकीहरुसँग पारिवारिक पिकनिक जाने योजना भएको थियोे। अब भने प्रतिक्षारत कोरियन चाड एकाएक हाम्रो नजिक आइपुग्दै थियो। कम्पनी महाजन बाट बोनस रकम पाइने आशाले मेरा ४ सहकर्मी भाईहरु औधी उत्साहित थिए। पचास हजारका दश ओटा नोट घुसारिएको सेतो खाम हात लागेपछि विधिवत् रुपमा विदाफुर्सदमा