Monday, April 14th, 2025
कोरियामा रसुवा समाज स्थापना

रसुवा समाज दक्षिण कोरिया स्थापना भएको छ । आइतबार अप्रिल १३ सौलमा स्थापना भएको घोषणा गर्दै गोपीप्रसाद न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको हो । कार्यसमितिको अध्यक्षमा गोपीप्रसाद न्यौपाने (गौरभ), वरिष्ठ उपाध्यक्षमा फुर्पु दोर्जे तामाङ, उपाध्यक्षमा नोर्बु थोक्रा, अञ्जली तामाङ (अन्जी) चयन भएका छन् । सचिवमा निमा ब्लोन, सहसचिवमा सुमन तामाङ, कोषाध्यक्षमा दावा तामाङ, सह कोषाध्यक्षमा रमेश न्यौपाने चयन भएका छन् । सदस्यहरूमा आकाश लामा, भुवन लामा, लाक्पा छेन्जोङ तामाङ, रुपेश आचार्य, कुमार आचार्य, पासाङ नोर्बु तामाङ, राजेश न्यौपाने, पूर्ण तामाङ, पासाङ तामाङ, मिङमार दोर्जे तामाङ र लाक्पा सोनामफुर्सदमा
यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै

दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङद्वारा लोटस लालटेन फेस्टिभल आयोजना हुने भएको छ। महोत्सवको रुपमा मनाइदै आएको यस कार्यक्रमलाई अप्रील २६ तारिख मनाइने भएको छ। विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा विभिन्न देशबाट उल्लेख्य रुपमा वौद्ध मार्गी एवम वुद्धका अनुयायीहरु सहभागी हुनेछन्। सौल स्थित दोङ्गुक युनिभर्सिटीमा दिउँसो ४ बजे भेला भएर ६ बजेदेखि र्याली आरम्भ हुनेछ र जोगेसा गुम्बामा गएर समापन हुनेछ। भोलीपल्ट अर्थात २७ तारिख आइतवार जोगेसा गुम्बाको अगाडी विभिन्न देशको संस्कृति झल्किने स्टलहरु हुनेछन्। यसैगरी विभिन्न देशले आ आफ्नो मौलिक झाँकिहरु पनिफुर्सदमा