Tuesday, April 15th, 2025
चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै

किरात याक्थुङ चुम्लुङ कोरियाले केलाङ (च्याब्रुङ) प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। अप्रील २७ देखि मे २७ सम्म प्रशिक्षण सञ्चालन हुने अध्यक्ष विनोद सौदेनले जानकारी गराएका छन्। सुवन स्थित भेटघाट रेस्टुरेण्टको सभाहलमा हरेक आइतवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केलाङ सिक्न सकिनेछ। प्रवासमा पनि आफ्नो संस्कार सँकृतिलाई जोगाउन एक कदम अघि बढेको साँकृतिक विभाग प्रमुख सरोज योङहाङले बताएका छन्। कोरियामा रहेका इच्छुकहरुले केलाङ प्रशिक्षणमा सहभागिता जनाउन सक्ने उनले जानकारी गराएका छन्। एक महिना सञ्चालन हुने यस कार्यक्रममा घनेन्द्र केरुङ, दीर्ज काङ्भा, बिरेन लिङ्देन र उत्तम लिम्बू प्रशिक्षकको रुपमा रहने छन्।फुर्सदमा