Friday, April 18th, 2025
बुसानमा छैटौँ बुद्ध जयन्ती फुट्सल कप २०२५ आयोजना हुँदै

तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखा, दक्षिण कोरियाले सन् २०१८ देखि आयोजना गर्दै आएको बुद्ध जयन्ती फुट्सल प्रतियोगिताको छैटौँ संस्करण मे ४, २०२५ मा हुने भएको छ। “नाना आङा धिम” महिला सेल्टर सहयोगार्थ आयोजित यो प्रतियोगिता बुद्ध जयन्तीको अवसरमा पुरुष र महिला फुट्सल कपको रूपमा सञ्चालन हुनेछ। “भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश विश्वसामु पुर्याउने मुख्य उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धनराज तामाङले बताएका हुन । साथै प्रतियोगिताले नेपालीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने तथा फुट्सलप्रति रुचि राख्ने खेलाडीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्ने उद्देश्यफुर्सदमा