अार डि. धनुश राना मगर
आनन्द आफै भित्र छ- ( गजल )

आनन्द आफै भित्र छ भौतारिन्छ खोज्दै बाहिर। यो नि मेरै त्यो नि आफ्नै पाए जती रोज्दै बाहिर ।। भाको चिजमा सन्तुस्ट छैन उ गुनासो बाड्दै छ। अस्थिर मन छट्पटीमै नभाको सोच्दै बाहिर।। मनै बसमा नभए पछी दोस देख्छ अरुमा । गल्ती छ उसैको हिड्छ अरुलाई घोच्दै बाहिर ।। नराम्रो चिज फाल्ने सहासै छैन लोभको कुम्लो। बिकारले भर्दै मन खट्छ अझै कोच्दै बाहिर ।। आनन्दको रस्सस्वाद तीमी भित्रै छ चाखी हेर। भित्रै डुब्नु ,मील्दैन मीठास नीचोड्दै बाहीर।। __________________ आरडी. धनुश रानामगर (नवलपुर )