उज्वल राई
अघोषित यात्री (कविता)
साघुरो बस्तीबाट पखेटा फिजाई निर्बाध आकाश समिप ठोकिने अनोठो अभिलाषा पालेर दिनानुदिन तुफानिलो रफ्तारमा समयसँग दोड़ीएको जिन्दगि, परिस्थितिको चक्रब्युहसंग जबरजस्ती फुत्किएर , स्वतन्त्र पंक्षी बन्ने ध्याउन्नमा हजार सम्झोतासंग मोन सहमति जनाउदै खै कुन तारा छुन रु भागिरहेछ एक अघोषित यात्री । आर्तनाद चित्कार संग बिझकियेर अभिशप्त रातको छटपटीभरि सयो निद्राहरु समर्पण भए कैयो सपनाको तुन्द्रहरु अधुरै रहे तैपनि हरेक मिर्मिरे बिहानीसंग एउटा नबोदित आशाको भिख माग्दै,, अनबरत दोड़ीरहेछ आफ्नै चाल ,आफ्नै हालसंग न कुनै आधी तुफानले रोक्यो न सामुद्रिक छालसंग छेक्ने तागत छ उकाली ओरालिका असंख्य खोकिला अनि शुख,दुखका रंगमंचभरिफुर्सदमा