एम बि थुलुङ
झिल्केलाई चिठ्ठी
मेरो मिल्ने साथी झिल्के निक्कै दिन पछि तिमीलाई सम्झेको छु। अनि सन्चै होला नि हैन ?म भने आफन्त र नर नाताको आर्शिबादले बाँची रहेको छु। आज हाम्रो बालापन देखि भदौरे भेल सँगै उर्लिने जबानीको यादले निकै सतायो ।झिल्के तिमीले त मलाई भुली सक्यौं होला। सँगै क ख पढ्ने स्कुले सहपाठी साथीहरू देखि गाउँबेसी मेलापातमा रमिने तिमी सँगै अरु धेरै साथीहरू लाई सम्झेको छु। अझ रमाईलो कुरा त पश्शु डाँडा उकालो नुनको भारी बोक्दा पारि रिचुवा जंगल तिर मगर्नी साईली माईलीहरुले सुरिलो स्वरमा गाउने त्यो झ्याउरे भाका हामी पनि डोको टोकमाफुर्सदमा