कोरोना भाइरस
आज देखि सउलमा १० जना भन्दा बढी जम्मा हुन नपाइने
दक्षिण कोरियामा केहिदिन देखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गरिरहेको छ । विशेष गरि राजधानी सउल र आसपासका क्षेत्रमा संक्रमन बढ्न थालेपछि १० वा सो भन्दा बढी ब्यक्तिहरुको सहभागीमा सभा वा जुलुस गर्न नपाइने नियम लागु गरेको छ । सउल महानगरका अनुसार अगस्ट २१ शुक्रबारबाट यो नियम लागू हुनेछ भने ३० अगस्टको मध्यरात सम्म कायम रहनेछ । यस अघि सउल स्थानीय सरकारले १ सय जना सम्मको सहभागी हुन पाउने नियम लागु गरेको थियो । तर यो प्रभावकारी नभएपछि थप कडाइ गरिएको हो । त्यस्ता नियम उल्लंघन गर्नेलाई कडा जरिवानाको समेतफुर्सदमा