गोकुल थोकर
आमा
हाम्रो घर देखि दस मिनेट ओरालो झरे पछि हाम्री ठूली दिदीको मितिनीको घर छ । हाम्रा घर देखि ओरालो झेरे खत्रीका घरहरु छन् । दिदीको मितिनी पनि खत्री नै हुन । आमा बेला बेलामा गफिन मितिनी आमाकोमा जान्थिन् । कहिले कही अलि कति धान बोकेर आउँथिन् । कहिले कही एउटा गुन्द्री बोकेर आउँथिन् । मितबा घरमा थिएनन् । तिनी ईन्डियामा थिए भन्थे । कहिले कही आएको याद छ । तिनी चटक्क आइरन लाएका सर्ट र पाइन्टमा गाउँ आउँथे । एउटा टलक्क टल्किने घडी हातमा हुन्थ्यो । क्या बात क्या बातफुर्सदमा
फूल्यो साकुरा (फतकोत)
जापानको साकुरा कोरियाको फतकोत हाम्रो तिर पैयूँ । जापानमा जति यो फूलको मज्जा कोरियालीहरुले नलिए पनि फतकोत चुक्चे भनेर मनाउने कोरियाली धेरै छन् । यो हप्ता सोल वरि परि पैयूँ फूल्यो । धेरै मानिसहरु झै हामी पनि घुम्न पुग्यो । झन्डै चार बर्ष पछि मानिसहरु माक्स विना नै घुमिरहेका थिए रमाइलो गरिरहेका थिए । तस्विर ः गाेकुल थाेकर
कोरियाको चौबिस घन्टा
चौध घन्टे ‘खेसोक’ कामबाट फर्कियो । नुवाइधुवाइ गर्दा आधा घन्टा भन्दा बढि लाग्छ । भोक र थकानको के कुरा ? बिहानै पकाएको ‘तातोबासी’ भात कुकरमा ठसक्क परेर बसेको छ । फेसबुक तिर ‘प्लास्टिकको चामाल’ भनेर देखाए जस्तै । तरकारी फ्रिजमा छ डिप फ्रिजमा । तरकारी के भन्नु हप्ता दिनको लागि आइतबारै गालेको दाल हो । सानो सानो प्लास्टिकको बट्टामा हालेको छु । हामीले खाने दाल जतापायो त्यतैको पसलमा पाइदैन । एसियन मार्टबाट किनेर ल्याएको । कोरियन पनि झोल त खान्छन् दाल खाँदैनन्क्यारे । खान्छन् कि थाहा नभएको पनि हुन सक्छफुर्सदमा
बाजे नाति
आखे (बाजे) तँपाईको पालोमा रमाइलो के गरेर गर्नु हुन्थ्यो ? बुढा यसो गम खान्छन् । फिस्स हास्छन् । सेतै फुलेको कपाल छाम्छन् । चाउरीदै गएको गालामा हासोको लाली देखिन्छ । ती पुराना दिन सम्झन समय लाउँछन् । मानौ उनी कुनै लाइबेरीमा त्यो पुस्तक खोज्दैछन् जहाँ उनको जिन्दगीकाे रमाइलो गरेको च्याप्टर छ । रंगीन जीवनको एक पाटो शब्द मिलाइ मिलाइ लेखिएको छ । उनी त्यही पढेर मलाई सुनाउन चाहान्छन् । कुनै चर्चित लेखकले आफ्नो पुस्तकको च्याप्टर पढेर सुनाए जस्तै । हाम्रो बेलामा रमाइलो गर्ने तरिका तिमीहरुको जस्तो थिएन । रेडियो, टिभी,फुर्सदमा
माम अर्थात हजुरआमा
सधै यस्तो हुँदैन । जब शब्दहरु खोज्छु मन अमिलो हुन्छ । सम्झना झन ताजा हुन्छ । चित्त दुख्छ । आँखा त्यस्सै रसाउँछ । लेखिनु पर्ने शब्दहरु त्यस्सै कता हराउँछ हराउँछ । घरि के सम्झन्छु घरि के ? कुनै जमना थियो । गाउँमा गाडी जाँदैनथ्यो । अहिले पनि पानी झरी परेको बेलामा जाँदैन । काठमाडौ जिरी सडकमा पर्ने मुडे हाम्रो लागि नजिकको बजार हो । यो बजार पुग्न झन्डै २५ किलो मिटर हिड्न पर्छ । यति बाटो छिचोल्न अलि हिड्न सक्नेलाई आधा दिन लाग्छ । अलि ठीकै हिड्नेलाई दिन भरिकै बाटोफुर्सदमा
हिउँ
कालिञ्चोकको डाँडोमा सेताम्मे हिउँ झरे पछि तिमी त्यता फर्किएर भन्थेउ हिउँ कपास जस्तै हुन्छ । म सम्झन्थे फुपुले आसामबाट ल्याएकी आसामे पुरानो सिरकको मक्किएको खोल छेउ छेउबाट निस्किएको मैलिएको कपास म यसो छाम्थे हिउँ नरम हुने रहेछ । ….. तिमी सम्झदै भन्थेउ हिउँ फुर फुर झर्छ तातो हत्केलामा पर्ने बितिक्कै पग्लेर पानी बन्छ । ….. हिउँमा हिउँ मान्छेका पाइताला हुन्छन् छपक छपक बसेको ती कता जान्छन् कता घुम्छन् सबै देखिन्छन् म अचम्मै पर्थे म पनि आफ्नो पाइतालाको छाप छपक छपक राखेर हेर्न चाहन्थे हिउँ मान्छे झै । …….. धेरै पछिफुर्सदमा
दक्षिण कोरियामा सोनाम ल्होछार ( फोटो फिचर )
शब्द / तस्बिर गोकुल थोकर देशमा भन्दा बिदेशमा आफ्नो कला संस्कृतिको माया लाग्छ भन्ने भनाईलाई पुष्टि गर्यो गत सोमबार नेपाल तामाङ संघ दक्षिण कोरियाले सउलमा गरेको सोनाम ल्होछार २८५५ को सांस्कृतिक कार्यक्रमले । कार्यक्रममा दक्षिण कोरियामा रहेका अधिकांश तामाङहरुको जम्मा भएका थिए । सोही कार्यक्रमको केही झलक तस्बिरमा ।
टेम्पल स्टेमा एक दिन
नेपालमा होम स्टे भने जस्तै दक्षिण कोरियामा टेम्पल स्टे छ । यो विदेशीलाई बौद्धमार्गी कोरियन कला संस्कृति देखाउने सजिलो उपाय हो । हामी पनि टेम्पल स्टे हेर्न जाने भएका छौ । यसरी टेम्पल स्टे हेर्न जानको लागि सबै मिलाउने काम सउल नेपाल गुम्बाले गरेको छ । ‘बिहानको ठ्याक्कै नौ बजे कोरियन टाइममा गाडी गुड्छ ।’ हिजो फोनमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामाले भनेका हुन् । एक हुल कोरियन साढे आठ नहुँदै बसमा चढि सके । केही नेपालबाट कोरियामा घुम्न आएका लामा छन् । ती पनि समय भन्दा अगाडीफुर्सदमा