गोकुल थोकर
बेकामे
कम्पनी घाटामा गयो । हल्ला चल्यो । अब साहुले हाकिमहरु फेर्दैछन् । मान्छे निकाल्दैछन् । फेरी हल्ला चल्यो । यस्ता हल्ला बेला बेलामा चलेका चल्यै छन् । कुन कुरा पत्याउनु कुन नपत्याउँनु ? ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।’ नेपालमै सुनेको उखान सम्झेर काममा गइयो । चिन्ता पनि खासै लागेन । लाग्न पनि भएन । कामले थिचिएर स्वास नै बन्द होला जस्तो जिन्दगी देखेर अलि अलि स्वच्छ हावामा कावा खाने रहर त थियो नै । हटाए पनि हटाओस कोरियामा यही कम्पनी मात्रै छ र ? यस्तै लाग्यो । नभन्दैफुर्सदमा
लोट्टोमा साटिएको भाग्य
बजारमा आलिशान घर खुशी आफन्त र परिवार ऊ हरेक पटक बजार पुग्दा यस्तै सपना बोकेर लोट्टो किन्छ पाँच पाँच हजार कोरियन वनको । लोट्टो पर्नलाई छ जोडी अंक मिल्नु पर्ने हो ऊ अनेकौ सफलताका कथा सुन्छ करौडो वनको लोट्टो पर्यो रे नेपालीलाई पनि पर्यो रे उसले हरेक पटक बजार जाँदा उस्तै कथा सुन्छ अनि कल्पिन्छ आफैलाई परेको मख्ख पर्दै किन्छ नयाँ अंकको नयाँ स्लिप नेपालमा हुँदा पैसा लुकाउने चोर खल्तिमा जतनले पट्याएर राख्छ । साथीभाइलाई धाक लाउँछ लोट्टो परे यस्ता काम गरिन्न भोज खुवाउँदै नेपाल गइन्छ । अलिकति सोजु पिउँछफुर्सदमा
कौडा नृत्य
नेपालको मगर समुदायमा प्रचलित यो नृत्य बिस्तारै हराउँदैछ । यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो । भिडियोमा भएको नाँच दक्षिण कोरियाको बुसानमा भएको संस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
आदिबासी जनजाति महासंघ बुसानको दीपावली साँझ सम्पन्न, सागरले तताए दर्शक
आदिबासी जनजाति महासंघ बुसान शाखाले मंगलबार गरेको दीपावली साँझ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आएका र कोरियामै रहेका कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो । दिउँसो दुई बजेबाट बुसानको मिन्जु ख्वङवन हलमा सुरु भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती थियो । कार्यक्रको सुरुमा कोरियामै रहेका गायक बाबु मोक्तानले तामाङ लोक सेलो गाएर दर्शक नचाएका थिए । त्यस्तै कोरियामै रहेका दिलिप थापा र मगरसंघ बेलायतबाट आएका सबिता रानामगर र पबित्रा थापामगरले कौडा नाच प्रस्तुत गरेका थिए । नेपालबाट आएका राजेश पुमा राई र ताराप्रकाश लिम्बूले आफ्ना हिट गीतहरुले दर्शकलाई नचाएकाफुर्सदमा
कोरियाको ‘गधा मान्छे’को कथा
रातको ड्युटी दिनमा सुत्नै पर्यो । गाह्रो गरि गरि निदाइयो । ‘तँ गधा भइस ।’ कतैबाट आवाज आयो । मान्छे देखिन । ‘होइन मान्छे नै हुँ ।’ मैले अड्डी कसेँ । ‘मान्छे भएको भए अलि अलि त आफ्नो मनको गर्न सक्थिस नी । तँ गधा भइस अनि पो साहुको लागि इमान्दारता देखाउँछस् । आफ्नो जिन्दगी खोई ?’ उसले सोध्यो । ‘म मेरै लागि गर्दैछु । भोलीको मेरो लागि ।’ मैले पनि कडै जवाफ फर्र्काएँ । ‘नापिस दुनियाँमा आज मात्रै हुन्छ भोली त कसैलाई थाहा हुदैन ।’ ऊ के कमफुर्सदमा
गजल
छेक बार चाहिदैन हराउनलाई मान्छे केही निहुँ चाहिदैन कराउनलाई मान्छे । देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा रातको रुख काफी हुन्छ डराउनलाई मान्छे । छिटोछिटो छरितो त कुरा मात्रै कामको मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे । मोबाइल छ ल्यापटप छ बोकी राको सधै भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।
गजल
मदहोसमा नपिएको कहिले छ र प्रिया ? मरि मरि नजीएको कहिले छ र प्रिया ? फाटेको छ टुक्रा भै भाको मन पनि चलाऊनलाई नसिएको कहिले छ र प्रिया ? साथको यात्रा अन्तै मोड्नु तिम्रो कुरा भो मनमा बास नदिएको कहिले छ र प्रिया ? मन मार्यो मन तोड्यौ फोटो छाडिछौ छाती माथि नलिएको कहिले छ र प्रिया ?
भाइ
भाइ छ । कान्छा भाइ । जसो तसो एसएलसी पास गर्यो । दाइ भएको हैसियतले खुशी हुन पर्यो । भइयो । साथीभाइलाई सुनाउन पर्यो । सुनाइयो । के पढ्छस ? साइन्स लिएर पढ्छु । सक्छस ? सक्छु नी डिस्टिङसन आको मान्छे । नसक्ने कुरा हुन्छ । हुन्छ । कलेज खोजेर भर्ना गर । पैसा पठाई दिनु । ………………….. ‘मैले कजेज खोजेँ ।’ एक हप्ता जति पछि भन्यो । ए कहाँ छ ? गंगबुमा । कोठा देखि पन्ध्र मिनेट टाढा । कस्तो छ त पढाई बुझिस ? राम्रै होला नीफुर्सदमा
एनआरएन कोरियाको अध्यक्षका उम्मेद्धवारहरुको भनाई
एनआरएन कोरियाको अध्यक्षका उम्मेद्धवारहरुको भनाई । किन उनीहरु अध्यक्ष बन्न चाहन्छन् ? यो भिडियोमा उनीहरुका भनाई समेटिएको छ ।