गोकुल थोकर
दक्षिण कोरियामा रहेका नेपालीहरुको बीचमा हुने भलिबल प्रतियोगिताको भिडियो रिपोर्ट
विकाश अनुशासन गतिशिलता, खेलकुद मार्फत सबै संस्थाबीच सद्भाव आजको आवश्यकता भन्ने नाराका साथ युनिक भिजन गु्रप दक्षिण कोरियाले दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । यसै सम्बन्धी रिर्पोट ।
पैसा हुन्डीबाट कुरा देश बिकासको
देश धनि भए मानिस धनि हुनै पर्दैन । उदाहरण कोरियनलाई हेरे पुग्छ । जापानिजलाई हेरे पुग्छ । यिनका जिन्दगीका कुरा गर्ने नै हो भने बिहान ल्यायो बिहानै खायो बेलुकी ल्यायो बेलुकी खायो जस्तो छ । एक महिना काम गरेन भने अर्को महिना खान बस्नको लागि समस्या हुन्छ । दुई महिना काम गरेन भने ऊ बस्ने फ्लाटमा अर्कैको चाबिताल्चा लाग्छ । चढ्ने गाडी बैकले लैजान्छ । बिजुली पानीको बिल माथि बिल थपिन्छ । छदाखाँदाको मान्छेलाई काम नगर्ने भनेर साथीभाइ आफन्तले हेर्ने कुरै आएन । सरकारले बेरोजगारी भत्ता त दिन्छ तर प्रोसेसफुर्सदमा
एक बारको जुनी
धार्मिक मन हुनेहरु यो जुनी पछि हुने दुःखसुखका अनेक पहाड हुन्छन् भन्छन् । कतै तताएको कराई, कतै आरामको जिन्दगी, कतै पुर्नजन्म । हुन्छ भन्ने विस्वास हो नमरी कस्ले देखेको छ र ? मरे पछि को फर्केको छ र ? यी भनाई सत्य असत्य भन्नलाई । जे होस धेरै समय देखि मान्छे यी र यस्तै कुरा मान्छन् भन्छन् पनि । ती मानिने कुरा भए । कुनै गुरुवा, लामा, धामी, झाँक्री, पादरीले भन्नै नपर्ने जस्लाई पनि थाहा भएको सामान्य कुरा भनेको जीवन एक बारको हो । यो संसार पछिका अरु काल्पानिक जुनीकाफुर्सदमा
थोन मानी फर
कमसँगै काम गर्ने कोरियन बुढा छन् उमेरले सत्तरी टेक्नै लागेका । अनुहार हेरेर त्यति धेरै अमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । कपाल सेतै फुलेको भए पनि कालो मेहेन्दीले इज्जत धानेको छ । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् । काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । उनको जिन्दगीको त्यस्तो छैन । ‘म सकुन्जेल आफै कामफुर्सदमा
सउल टाइम ल्यापस्
नामसान सउल टावरबाट सउलको मुख्य भागहरु देख्न सकिन्छ । यही अग्लो ठाउँबाट गोकुल थोकरले खिचेको रमाइलो ‘टाइम ल्यापस्’ ।
कोरियामा अनलाइन पत्रकारिताका एक बर्ष
पत्रकार भैटोपल्न केही चाँहिदैन । मान्छे भए पुग्छ । कुनै कार्यक्रममा सग्लो ज्यान पुगे हुन्छ । भए नोट कपि झिक्यो । नभए पहिले पुगेकासँग एक पन्ना पेपर मागेर काम चलायो । लेख्नका लागि एउटा बल पेन भए पनि भयो त्यो पनि नभए यसो कतै छड्काए भयो । यो दस बर्ष पहिलेको पत्रकारिताका कुरा भए । मैले पत्रकारिता गर्दा ताकाको । अहिले त्यस्तो केही चाहिदैन । खाली सामाजिक संजाल चल्ने मोवाइल भए भैगयो । समयसँगै धेरै कुरा फेरिए । म फेरिएँ । समय फेरियो । मैले पत्रकारिता गर्न छाडेकै पाँच वर्षफुर्सदमा
नघुम्ने भित्ते घडी
मौसमको मार पनि यही कोरियामा पर्नु पर्ने । गर्मीमा फतक्क पाकिएला जस्तो । जाडोमा ठाउँका ठाउँ जमिएला जस्तो । जस्तो भए पनि काम छ । गर्नु पर्छ । रातमा पनि दिनमा पनि । अहिले गर्मी छ । यसैका कुरा गरौ । यो बेला रातमा काम गर्दा शितल हुन्छ अलि आनन्द । घुमेका पंखाका हावाले शितल गराउँछ । हावा आउँने ठाउँ भन्दा वरपर पुग्दा अलि अलि पसिना आए पनि पंखाको हावाले शितल बनाउँछ । दिउँसो हालत खराब छ । बाहिर घाम चरक्क चर्किन्छ । तापक्रम पनि हलक्क बढ्छ । चालीस एक्चालीसफुर्सदमा
एक साँझ : एक तस्विर
दक्षिण कोरियाको पुरानो बजार नामदेमुन । कुनै समयमा कोरियाकै उत्पादन बिक्रि बितरण हुने भए पनि अहिले चाइनिज सामानले ठाउँ लिएको छ ।
घर
‘भकारी कुहिएर घरमा पानी चुहिएर बिजोग छ यो बर्षामा ।’ आमाले फोन उठाउने बितिक्कै गुनासो गरिन् । ‘यो घर बनाउने सम्झौता हुन्छ हुन्छ भनेको पनि धेरै भो । हामी आफै बनाउँछौ भन्दा पनि हुदैन रे । ती आउँदैनन् । शैलुङको मान्छेलाई हेपेको हो कि के हो ?’ मैले केही भनिन । आमाले नै थपिन् । ‘रेडियो तिर घर बनाको पैसा दिएको समाचार आउँछ । हाम्रो तिरका ‘सरकार’ कता मेरेछन् ?’ आमाले तामाङ रिस देखाइन । फेरी पनि मैले केही भनिन । आमाले भनेको घर भकारीको गोठ हो । दुई बर्षदेखिफुर्सदमा