गोकुल थोकर
आर्लराम जिन्दगी
ढकढक ढोका ढकढकियो । ‘ओइ सुति राको ?’ ‘अँ ।’ कोरियन ब्लाङकेट मुखबाट नहटाइ नै भने । ‘मुला अनि काममा आउनु पर्दैन ?’ ‘काममा ?’ ‘अँ, काममा । डाक्न पठाएर आको । छिटो आइज । कराउँदै छ फुजाङनीम ।’ साथी त्यति भन्यो । कोठामा नछिरि नै फर्कियो । उसको काम मलाई उठाउने थियो । ००० कोठा बाहिरको मौसम माइनस सात डिग्री छ । जता हेर्यो त्यतै हिउँ जतिकै देखिने तुसारो छ । झन् बेला बेलामा हावा पनि चल्छ । अनि जाडोको के कुरा गर्नु ? दिन त कम्पनीले सिरक झैफुर्सदमा
फुजाङनिम अर्थात बिरालो हाकिम
नयाँ कम्पनीका नयाँ कुरा धेरै छन् । मान्छेहरु सबै नयाँ नयाँ छन् । गोरो अनुहार, चिम्सा आँखा, मध्यम हाइटका धेरै कोरियन छन् । ती एक छिनमा परिचित हुन्छन् । छिनमा ती परिचित झै अरु नै अपरिचित आइ पुग्छन् । अघि मान्छे नै भनेर बोल्यो अरु नै पो पर्ने । समस्या त्यतिमै सकिदैन । तिनका नाम पनि भुसुक्कै बिर्सन्छु । कति अप्ठ्यारा नामहरु छन् । छङसुयन, जोयोङमीन, जोख्यानमीन । यस्ता नाम उस्तै सुनिन्छन् । कुन मान्छे कुन नामको थाहै नपाउने । सजिलो उपायका लागि दाइ भनिदिन्छु । होइन मलाई मेरोफुर्सदमा
कोरिया कहर
नयाँ कम्पनीमा आएको दुई हप्ता मात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो । साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर बेल्डमा गुडाउनु । बस त्यति हो मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले हेर्दा सजिलै देखेरै म आउँछु हुन्छ भनेको हुँ । पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो । ठूलो भाँडामा प्लास्टिकका भाँडा बन्ने दाना हालिन्थ्यो । बजारबाट जस्तो खालको प्लास्टिक भाँडा डिमान्ड आयो । त्यस्तै डिजाइनमा बन्थ्यो । काम त त्यो पनिफुर्सदमा
सहरको कथा
जताको सहर भए पनि कथा उस्तै हो । र म पनि उस्तै छु । नारितामा ओर्लने बितिकै मान्छेका भिडमा म पनि छु । सानो ह्यान्डक्यारी तानेर हिड्ने मान्छे । म जस्तै लाखौ छन् । जसलाई अरुको बाल मतलब । यो सहर हुनुको विशेषता हो । ‘कहाँ जाने ?’ जापानीज जस्तै सुनिने अंग्रेजीमा उसले सोध्यो । ऊ अर्थात इमिग्रेसन अफिसर । साना साना सिसाका बाकस भित्र ऊ छ । बाकसको लामो लाइन छ । ‘टोकियो ।’ मैले अभिभादनको शैलीमा झुक्दै नरम भएर भने । झुक्नु मेरो बाध्यता भनि मान्नुस् ।फुर्सदमा
काम
कोरियाको काम । बिहान आठ बजेदेखि रातको दस बजेसम्म । ‘खेसोक’ चौध घन्टा । नेपालकालाई के थाहा यसरी नै तीस दिनमा एकतीस दिन काम गरेर कमाइ हुने हो दुई लाख । नुहाइ धुवाइ गरेर ओछ्यानमा पल्टिएँ । किन किन पहिलेका कुराको याद आयो । नेपालमा हुँदा थोरै पैसाका लागि गरेका रमाइला कामको सम्झना भो । ००० आमाबा बिहानै उठे । सेतो टिका र खादा लगाइदिदै भने राम्रो राम्रो काम गर्नु, राम्रो कुरा सिक्नु, धेरै पढ्नु । एसएलसी पास भए पछि गाउँमा बसेर पढ्ने ठाउँ थिएन । ठूलो शहर काठमाडौ पुग्नुफुर्सदमा
तिहार
सयपत्री फुल्थ्यो । गोदाबारी फुल्थ्यो । दिदीले सानो ड्याङमा रोपेको मखमली पनि फुल्थ्यो । सबै तिर सफा । बारी तिर भएका मकै काटे पछि कान्ला भरि सयपत्री फुलेको मात्र देखिन्थ्यो । कतै कतै बारीका पाटामा कोदो हुन्थ्यो । कोदोको बीच बीचमा पनि सयपत्री पहेलै फुलेको हुन्थ्यो । जता हेर्यो त्यतै फूलै फूल । रमाइलो नै रमाइलो । यसरी जता ततै फूल फुले पछि तिहार आएको थाहा हुन्थ्यो । तिहार आउनु भनेको दशै भन्दा पनि रमाइलो चाड आउनु थियो । देउसे आउँथे । भैले आउँथे । नाचगान हुन्थ्यो । सेलरोटीफुर्सदमा
ताल्चाले बाध्ने माया
‘ताल्चा झुन्ड्याएर माया बाधिन्छ । पत्याउनु ?’ आफैले आफैसँग प्रश्न गर्यो । ‘नपत्याउँ । कस्तो कस्तो आफ्नै गाउँको देबीदेउराली भाक्दा त केही भएन ।’ धेरै महिनादेखि नामसान टावर भनिने सोल टावर चढ्नु थियो । दक्षिण कोरियाको राजधानीमा भएको यो टावर न चढ्दा कति चोटी त साथीहरुले उसलाई जिस्काएका थिए । मनमा कता कता इख थियो । जाबो टावर पनि नचढिएला त । बिदाको बेलामा गैदिन्छु । जान्छु भन्दैमा कहाँ मिल्छ र कोरियामा । कहिले साथीभाइ नहुने कहिले अरु नै काम । झन्डै एक बर्ष नै पो भएछ कोरिया आएको ।फुर्सदमा
पारदर्शी बन्ने कि ?
कोरियाको ठूलो चाड छुसक । त्यही मौकामा दक्षिण कोरियामा म्युजिकल कन्सर्ट गर्नेहरुको भ्याइ नभ्याइ थियो । हेर्न चाहनेलाई च्वाईस थियो । कस्को कार्यक्रम कहिले हेर्ने ? कोसँग गएर हेर्ने ? किन हेर्ने ? कलाकार फरक थिए । गीतसंगीत फरक थिए । आयोजक पनि फरक हुने नै भयो । सबैका कन्सर्टवालाका साझा कुरा पनि थिए । लागेको खर्च कटाएर हुने परोपकारी काम गर्ने गराउने । वा क्या राम्रो तरिका । मनोरञ्जनसँगै समाजिक काम । मनमा लाग्यो । पत्रकारिता गर्दा ताका चितवन धेरै पटक पुगेको छु । बजारमात्र होइन दुर्गम चेपाङ बस्तिफुर्सदमा
मिसिङ दशै
विदेशको दशै । दशै हुने कुरै भएन । एउटा रुटिन छ जिन्दगीको । बिहान उठ्ने अर्लाम सेट छ । सुत्ने समय थोरै छ । हिजो, आज र भोलीका काम उस्तै छन् । विगतका दिनका दशै सम्झन्छु । रमाइलो थियो । अलि बच्चै समयमा ज्यादै रमाइलो हुन्थ्यो । खुब मज्जाको पानी परेपछि सुरु हुन्थ्यो घाम । घाम लाग्नु भनेको दशै आउनु जस्तैथ्यो । दशै लाग्नु भनेको रमाइलो हुनु नयाँ लुगा आउनु अनि मिठो खानुथ्यो । त्यो भन्दा बढि चाही स्कुल बिदा पाउने अनि मामा घर जान पाउने कुरा थिए । बा काठमाडौफुर्सदमा
अग्रजी सिकाई
दस कक्षासम्म पढ्ने स्कुल तामाङ गाउँ थियो । कक्षा भरिको तामाङ बिद्यार्थी म एक्लै । त्यो तामाङ गाउँ अर्थात फस्कूको ठूलो स्कुल पुग्न दुई घण्टा सरासर हिड्नुपथ्र्यो । घरबाट आधा घन्टा सिधै ओरालो अनि बाँकी बाटो उकालो र तेर्सो । यति लामो हिडेर स्कुल जाने खासै ईच्छा थिएन तर बाका अधि जाबो मेरो ईच्छा ! उनलाई मैले खुब पढोस भन्ने लाग्दो रहेछ । तिनी भन्थे ‘तैले स्कुल जसरी भएपनि जानै पर्छ ।’ म बाको कुरालाई नाई किन भन्न सक्थें र ? हुन त तिनले मलाई एक थप्पर पनि लगाएनन् तरफुर्सदमा