गोकुल थोकर
एयरपोर्ट
राम्री केटी छे । नजर भित्रको भित्रै छ । हातमा सानो फूलको गुच्छा छ । आधा घन्टा जति पछि ट्रलीमा केही सामान सहित एउटा खाइलाग्दो केटा बाहिर आयो । केटीलाई उसले देख्यो । केटीले पनि । एक शब्द नबोली कुद्दै झ्याम्म अंगाली । फ्यात्त फूलको गुच्छा भुइँमा झर्यो । केटोले केटीलाई जुरुक्कै उठाएर झन्डै एक फन्को घुमायो । बिस्तारै भुइँमा केटीलाई बिसायो । गालामा र ओठमा म्वाइ खायो । ‘छ्या लाज नभाकाहरु ।’ मेरो मनमा कताबाट यस्तो भाब आयो । ‘धत् यो नेपाल हो र ?’ आफैले सम्झाएँ । केटीलेफुर्सदमा
स्मलकाजी
पाँच कक्षाको परिक्षा जिल्ला स्तरीय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ । बिद्यार्थी थिए तीन जना । पढाइमा त्यति राम्रो थिइन । नेपालीमा लेख्दा आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको जीवनकै ठूलो उपलब्धी थियो मेरो लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई भन्दा बढि बाको लागि । स्कुलको लागि अनि शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो । तर उनीहरुले गरेको गेसमा मफुर्सदमा
फस्ट फिल्म
[email protected] ‘फिल्म हेर्न जाने हो सम्धी ।’ ‘नजाने सम्धी ।’ ‘जाउँ न जाउँ सम्धी ।’ ‘आमालाई के भन्नु ?’ ‘म कुरा मिलाउँला नी सम्धी आनी(फुपू)लाई त ।’ ‘अनि सम्धी मसँग त पैसा पनि छैन ।’ ‘मसँग छ नी सम्धी । चिन्ता नगर न ।’ मेरै उमेरको मामाको छोराथ्यो । तामाङहरु कुटुम्ब पर्नेलाई सम्धी भन्छन् । मामाफुपूको छोराछोरीको बिहेबारी चल्ने भएकोले मामाको छोरा र म कुटुम्ब । अनि सम्धी सम्धी । ‘हुन्छ नी त सम्धी । सम्धीले भने पछि ?’ मामा घरमा गएको बेला पाएको मौका के गुमाउनु । जिन्दगीमा योफुर्सदमा
दिदी
मैया दिदी । घरकी जेठी छोरी । ज्यान परेकी । खाइलाग्दी । ज्यान मात्र होइन पढाई पनि खुब राम्राथ्यो । अक्षर पढाउने मास्टरका भन्दा पनि राम्रा । कक्षाका पाठ सबै जान्ने । विद्यार्थीका बीचमा दिदी जहिले पनि फस्ट । जान्ने भएरै दिदीलाई स्कुलले बर्षको पैसा दिन्थ्यो पाँच सय । छात्राबृत्ति । छोरी हुनु त मैया जस्ती । कुरा हुन्थ्यो गाउँमा । मलाई चाही घरमा पनि स्कुलमा पनि दिदीले खुब माया गर्ने । पढाई लेखाईमा पनि सहयोग हुने । ••• स्कुल घर देखि आधा घन्टा ओरालो झरे पछि पुगिन्थ्यो । स्कुलमाफुर्सदमा
बर्षा
‘बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ,’ आमा भन्थिन् । कहिले कही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा । मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । मलाई खाली हात दौडिदै हिड्न खुब मज्जा लाग्थ्यो । त्यसैले केही नबोकी दौडिन्थेँ । गोठमा दुई बेत भैसी सधै हुन्थ्यो । लइनो र बकेर्नो । यसो हुँदा घरमा दुध दही सधै हुने । गाउँ भरिका सबैका गोरु हुने । त्यसैले हाम्रो घरमा एक हल गोरु थिए ।फुर्सदमा
पत्रकारको नाममा
अगस्ट १९ । विश्व फोटोग्राफी दिबस । यो दिन फोटाका कुरा गर्न पर्ने हो । तर परदेशको पत्रकारिताका कुरा गर्ने प्रयास भएको छ । भनिन्छ सर्पको खुट्टा सर्पले नै देख्छ । सत्यता कति छ यसै भन्न सकिन्न । तर आफ्नै क्षेत्रमा भए गरेका केही कुरालाई भने थाहा पाउन सकिन्छ । बुझेका कुरा यसो हो यसो होइन भन्न सकिन्छ । भलै कसैले ‘जान्ने बनेको’ नै किन नभनोस । यो लेख ‘पत्रकार हुँ’ भन्नेका लागि हो । पत्रकारिता पढियो । गरियो । रुचि नराखौ भन्दा भन्दै पनि कतै न कतै जोडिन्छ ।फुर्सदमा
अटो
अटोमा केही लेख्दिन्छौ ? दस कक्षाको पढाई अन्तिम भएको बेला तिर प्रत्येक दिन साथीहरुले एउटै कुरा दोहोर्याउन थाले । त्यो भन्दा पहिले अटो भन्ने हाम्रो बिद्यालयको लागि नयाँ थियो । एकदम नयाँ । सबै जसो साथीले अटो किने । बनाए । पैसा भएको साथीहरुले सदरमुकाम जाँदा रेडिमेड अटो किने । त्यसमा फोटो टास्ने ठाँउ हुन्थ्यो । रुचि लेख्ने ठाउँ हुन्थ्यो । मन पर्ने फिल्म, हिरो, हिराइन, गीतसंगीत सबै कुरा लेख्न मिल्थ्यो । त्यस्तो अटो किन्न एक थान गैडा अर्थात एक सय रुपैया चाहिन्थ्यो । अझ राम्रैमा आँखा पर्यो भने दुईथानफुर्सदमा
गाउँ
तप्प तप्प पसिना चुहियो । गर्मी कति हो ? जति पंखा घुमाए पनि हुँदैन । हावा नै तातो आउँछ । कि एसी भाको कोठा खाजौ ! भैगयो । पैसा धेरै लाग्छ । विहान देखि फ्रिजले पनि काम गरेको छैन । घर शैलुङ हो । नाउँ सुनेरै सितल हुने । क्या त ‘माथि माथि शैलुङेमा चौरी डुलाउने’लाई । कुन्ती मोक्तानको स्वरको गीतले भनेको ठाउँ । पारी गौरीशंकर हिमाल छ । आगनको डिलमा भएको नासपातीको रुखमै जोडिए जस्तो । अगेनामा आगो तापेर झ्यालबाट यसो हेर्दा लाग्छ सिधा पुल भए आधा घन्टामा पुगिदोफुर्सदमा
कल्पनाको समुन्द्र
यस्तो दिन पनि आयो । सधै देख्ने निलो आकाशमा छु । कहिल्यै नदेखेको निलो समुन्द्र तल छ । सक्ने सम्म आँखा घुमाएर हेरेँ । टाढा टाढा पुक्क पुक्क परेका सेता बादल छन् । कस्तो मज्जाको । कुनै पहाडको गाउँ जस्तो । कतै बाक्लो कतै पातलो । बादल आफ्नै धुनमा थोरै यताउता सरे जस्तो गर्छ । चढेको प्लेन भने एकै ठाउँ बसे जस्तो । निलो समुन्द्रमा केही टलक्क टल्केर यता उता जान्छन् । जहाज होला । किताबी ज्ञानले भन्छ । स्कुल तिर कक्षामा भुगोल पढाउने सर सम्झिएँ । ती सर आफ्नैफुर्सदमा
बाघ
आमा भन्थिन् ‘कहिले पनि बाघ देखेको छैन नभन्नु । त्यसो भने बाघ रिसाउँछ । जंगलको बाटो हिड्दा सिध्याउँछ ।’ साथीभाइ कुरा गर्थे । ‘आज हाम्रो गाउँबाट बाघले कुकुर लग्यो । बाख्रा खायो । लमक्क लम्केर तानेको । कस्तो डरलाग्दो ।’ ओइ केटा तैले बाघ देखेको छस् ? साथीभाइ सोध्थे । ‘आपत’ । ‘देखेको छैनस् ?’ ‘चुप’ । ‘त्यत्रो गाउँमा बाघको जगजगी छ तैले बाघ देखेकै छैनस् ।’ स्कुल सकेर घर जाँदा पुरै जंगलै जंगल जानु छ । म जंगलको राजालाई देखेको छैन भन्ने वई फुच्चे आज बाख्रा कुकुर नखाएर तंलाईफुर्सदमा