छविशीत कुलुङ
परदेश नआए नि हुन्छ (कविता)
मुग्लानमा, पैसा फल्छ सोच्नेहरू सजिलै तलब खाईन्छ सोच्नेहरू परदेश नआए नि हुन्छ यहाँ त महिनाभरि मालिकको गाली खाएर बल्ल- बल्ल महिनामा एकदिन तलब खानुपर्छ बाबाको वचनलाई सहन नसक्नेहरू आमाको गालीलाई गाली सम्झिनेहरू परदेश नआए नि हुन्छ यहाँ त मालिकको गालीलाई आशिर्वाद सम्झनु पर्छ घरमा दिदीले पस्काई दिएकी गुन्द्रुक र आलुको तरकारी मीठो भएन भन्दै खादै खान्न भन्दै आलु बारीमै लगी पोखाईदिने भाई परदेश नआए नि हुन्छ यहाँ त पाखुरा बजारेर पसिना उमालेर खानुपर्छ काम गर्न लाज मान्नेहरू काम गर्नेलाई सानो ठान्नेहरू गरिब सम्झिनेहरू प………..रको देश परदेश नआए नि हुन्छ यहाँफुर्सदमा