ज्ञानी मान्छे
मन दुखाउने दशै
कुरो त्यस्तै पचास सालतिरको हो । त्यसताका बुबा, आमा, दाइ हामी छ जना दिदी बहिनीकाे परिवार थियौ । दाइ प्राय सिक्किम तिर कमानमा काम गर्न जानु हुन्थ्यो । एक दुई बर्षमा दशैको मौकामा औकातले भ्याए नभ्याएका सरसामान, लत्ताकपडा बोकेर घर आउनु हुन्थ्यो । हामी घरको मेलापात गर्थ्यौं । त्यस बाहेक छरछिमेकमा अर्मपर्म र खेतालापात गरेर पढाई खर्च जुटाउथ्यौं । बेलुका पढ्ने बत्तीको लागि अरु नसुतिन्जेल दाउरा बालेर अगेन छेउमै काम चल्थ्यो । त्यस पछी बहिनीहरु सुत्थे । म बाहिरको खाटमा एउटि बहिनीसंग सुत्थेँ । बाहिर सुत्दा डर लागे पनि पुर्णिमाकाेफुर्सदमा