डिपि खकुरेल
अहो!! कति निश्चल मित्रता!
कविता रविको लाली किरण सगैं डोको,नाम्लो र हंसिया बोकेर टुप्लुक्क आइपुगिन् चमेली मेरो घर्को आँगनिमा! भर्खर निन्द्रा देबिको काखबाट फुत्किएको म लोलाएका आँखा मिच्दै गर्दा हकार्दै भन्छिन् उनी ओइ अल्छी!! आझै सम्म मुख धोएको पनि छैनस्? आज घाँस काट्न जान्नस्? घाम चर्किसक्यो,छिटो हिड्,फेरि घामले पोल्छ खाजा मैले ल्याको छु,यहि बाँडेर खाम्ला, अहो!!कति आत्मिय मित्रता ! हतार हतार डोको,नाम्लो हंसिया बोकेर पछि लागेँ म,सोधेँ , ऐ आज कतातिर जाने ? उस्को जवाफ,आज त खड्करे पाखामा जानू पर्छ, तेता कोइ गको छैनन् आज भोलि घाँस पनि धेरै सप्र्या छ, गन्तब्यमा पुग्ने बित्तिकै,फुर्सदमा