नरेन्द्र गुरुङ (अरेन्द्र)
मैले केही केही भुलेको छैन
नरेन्द्र गुरुङ (अरेन्द्र) निकै लामो समय देखी म जिजिबिसाको लागि बिरानो प्रवासमा बस्दै आएको छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु । जब भिड्भाडबाट अलि पर पुग्छु, एक्लोपनले असाध्यै सताउँछ । उदास उदास हुँदै पुराना ती स्मृतिहरुलाई एक पछि अर्को गर्दै केलाउदै टोलाउने गर्छु । तर पनि कसरी कसरी यति लामो समय पार गरि सकेछु । समय जति सुकै पार भएता पनि आफु जन्मेको हुर्केको जन्मथलोको माया, त्यहाँ मैले बिताएको अनुकुल समयहरुफुर्सदमा