निकुञ्ज तिवारी
कोरियामा फेशबुकबाट ठगीदैछन नेपालीहरु
दक्षिण कोरिया फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाई आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झन्झट र सस्तो मुल्यमा महँगो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । फेसबुक इनबक्समा उनले म्यासेज पठाए, “मैले आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ।” कोरियन नागरिककै नाम गरेको फेसबुकमार्फत केही छिनमै बैंकको खाता नम्बरसहित अंग्रेजीमा जवाफ आयो, ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (नेपाली रुपैयाँ करिब ३६ हजार) यो खातामा डिपोजिट गर्नुहोस् र तपाईंको ठेगाना पठाइदिनुहोस् । हामी केही दिनमै तपाईंले डिमाण्ड गरेको सामान पठाइदिन्छौं ।’ उनले ‘हुन्छ’फुर्सदमा