प्रेमचन्द
झिल्को
सारा नगरमा यशोदानन्दको चर्चा चलिरहेको थियो । नगरमा मात्रै होइन, समस्त प्रान्तमा उनको कीर्ति गाइँदै थियो । विभिन्न अखबारमा उनका विषयमा टिप्पणी लेखिँदै थियो । मित्रहरूले प्रशंसा गर्दै पठाएका पत्रको लाम लागेको थियो । यो पो हो समाज सेवा ! उन्नत विचार भएका मानिसहरूले यस्तै गर्छन् ! यशोदानन्दले शिक्षित समुदायको मुख उज्जवल गरिदिएका थिए । ‘हाम्रा नेता केवल कुराका मात्रै धनी छन्, कामका धनी होइनन्’ भनेर अब कसले भन्ने साहस गर्न सक्छ ? यशोदानन्दले चाहेको भए आफ्नो छोराका लागि कमसेकम २० हजार रुपैयाँ दाइजोमा पाउने थिए, त्यसमाथि मानसम्मान अलग ।फुर्सदमा