फूलमान बल
इन्द्रेणी गीत
कविता, बर्षौंदेखि तिम्रो इतिहासले– विस्मृतिको बुइँगलमा मिल्काइ दिएको पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै गाएकै हुँ मैले, नयाँयुगको फापरे व्हाई यसको मतलब यो हैन कि– मैले मादलको ताल बिगारें मादललाई त लाउँदै मायाको खरी पागलप्रेमीले झैं भिर्दै आएकै हुँ– दिलको कम्मरमा गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो समला र चुट्की हो मित्र, बर्षौंदेखि तिम्रो इतिहासले बिस्मृतिको बरण्डामा बाँधी राखेको आखे म्हेम्हेको उही पुरानो टुङना बजाउँदै गाएकै हुँ मैले नयाँयुगको म्हेन्दोमाया यसको मतलब यो हैन कि– मैले सितारको धुन बिगारें सितारलाई त झनतन्काउँदै प्रणय तार पागलप्रेमीले झैं राख्दै आएकै हुँ– मनको देब्रेफुर्सदमा