फोनिज कोरिया सम्बाददाता
नेपाल लाइफ इन्स्योरेन्समा अब कोरियाबाट पनि जीवन बिमा गर्न सकिने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले प्रदान गर्ने विभिन्न पोलिसिका जीवन बिमाहरु अब कोरियाबाट पनि गर्न सकिने भएको छ । प्रबाशमा गरिने जोखिमयुक्त काम र कुनै पनि बेला पर्न सक्ने भैपरी समस्यालाई मध्यनजर गर्दै कोरिया बाट पनि सेवा शुरु गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका प्रतिनिधिले जनाएका छन । नेपालकै प्रथम अग्रणी जीवन बिमा कम्पनिको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०५८ साल देखि नेपाल सरकारको कानुनि परिधी भित्र रहेर बिमा सम्बन्धी सम्पुर्ण कामहरु गर्दै आइरहेको छ भने देश बिदेशमा रहेका आफ्ना आधिकारिक प्रतिनिधिहरुबाट इन्स्योरेन्स सम्बन्धी सेवा तथा परामर्शहरु दिने गर्दछ । कम्पनिलेफुर्सदमा
नयाँ शक्ति कोरियाको ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न
सउल, नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तराष्ट्रिय नेपाली समाज द.कोरियाको २ नम्बर क्षेत्र अन्तर्गत ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ l यहि अगष्ट २१ तारिक आइतबारका दिन दुर्गा रेस्टुरेन्ट ओइजम्बुमा अन्तराष्ट्रिय नेपाली समाज कोरियाका संयोजक हेमन्त पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले सन्तोष गुरुङ को संयोजकत्वमा २१ सदस्यीय क्षेत्रिय समिति समेत चयन गरेको छ l नबगठित क्षेत्रिय कार्यसमितिको सह संयोजकमा नकुल आचार्य, सचिब ज्ञानेन्द्र रेग्मी र आर्थिक बिभाग चन्द्र तामाङ्ग रहेका छन् l त्यस्तै सदस्यहरुमा शुरेश खड्का, खेम गुरुङ, प्रमेश राइ, इश्वर भुजेल, रोनिश चौधरी, शुशान्त सुस्लिङ्ग, रामहरी श्रेष्ठ,फुर्सदमा
नयाँ शक्ति कोरियाले सउलमा हजारौ कार्यकर्ता उतार्ने दबी
सउल, नयाँ शक्ति कोरियाको प्रवाश संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले छुसकमा आफ्नो कार्यक्रम सफल पार्न हजारौ कार्यकर्ता र समर्थक हरुलाई सउलमा उतार्ने दबी गरेको छ । शुरुवातिका दिन देखिनै आक्रामक रणनीति अपनाउदै आएको नयाँ शक्तिलाई निकै चासोका साथ हेरिएको थियो भने हाल आफ्नो संगठनलाई कोरियाभर फैलाएर १६ तारिकमा हुने बृहत खुल्ला भेलाको लागि अन्तिम तयारीमा जुटेको नयाँ शक्ति कोरियाका संगठन विभाव प्रमुख राजु श्रीले जनाए । सेप्टेम्बर १६ तारिख कोरियाको राजधानी सउलमा हुने बृहत खुल्ला भेलामा डा. बाबुराम भट्टराइले नयाँ शक्ति पार्टी स्थापनाको औचित्य बारे प्रष्ट पार्दै समृद्द नेपाल निर्माणमा प्रबाशी युवाहरुकोफुर्सदमा
आदिवासी, जनजाति मन्त्रालयको माग
काठमाडौं । आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालयको माग गरेका छन् । शुक्राबार नेपाल आदिवासी जनजाति महासंघले काठमांडौमा गरेको विषेश भेलाले उक्त माग गरेको हो । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी गर्ने चर्चा बाहिर आएपछि प्रतिष्ठान कुनै पनि हालतमा खारेजी हुन नदिनेमा जोड दिदै बरु अब छुट्टै मन्त्रालय स्थापना गर्न दबाब दिने निश्कर्ष निकालेको महासंघले जनाएको छ । ‘नेपालका आदिवासी जनजातिहरुको समग्र सामाजिक, सांस्कृतिक, भाषिक, आर्थिक, राजनीतिक आदि विकासको लागि छुट्टै आदिवासी जनजाति मन्त्रालय स्थापना गरिनु पर्छ । प्रतिष्ठान त्यही मन्त्रालयको एक स्वायत्त निकायको रुपमा रहने व्यवस्थाफुर्सदमा
बेलायतमा रानालाई समाजसेवी सम्मान
फोनिज कोरिया सम्बाददाता बेलायत आप्mनो समुदायको हितको लागि सामाजिक कार्य गरेवापत चक्रबहादुर रानालाई भेट्रन अफ दि यिएर अवार्ड प्रदान गरिएको छ । राना गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष हुन् । उनले आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच सो अवार्ड ग्रहण गरेका थिए । गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा बिताएर अवकास लिएका थिए । उनी हङकङमा केही वर्ष नोकरी गरेपछि सन् २००८ यता यूकेमा स्थायी बसोवास गरिरहेका छन् ।फुर्सदमा