बहस मातृभाषाको
आधारभुत शिक्षामा मातृभाषाको सवाल
छयालीस सालको राजनीतिक परिवर्तनपछि त्यसबेलाको स्थानीय निकायमा स्थानीय भाषा, कला, संस्कृति जगेर्ना गर्ने शिर्षकमा छुट्टै बजेट जान शुरु भयो । तर अपबाद बाहेक त्योबेला काम भने करिबकरिब शून्यजस्तै हुन्थ्यो । यो शीर्षकको बजेट बरु स्थानीय सडक खन्न र सरकारी भवनलगायत भौतिक संरचना बनाउनमा प्रयोग गरिन्थ्यो । किनकी अपबाद बाहेक त्यो बेलाका जनप्रतिनिधिले बिकास भनेको बाटो खन्नु भनेर मात्रै बुझिन्थ्यो । त्यो भन्दा पर बुझ्ने कोशिश पनि गरेनन् । गणतन्त्र आएपछि अन्तरिम संविधान २०६३ मा त झन् कुनै जाति वा भाषा बिशेषको बाहुल्य भएको क्षेत्रमा त्यहाँको स्थानीय निकाय/तहले चाहेको खण्डमा स्थानियफुर्सदमा