बिशेष
कोरियाको यान्से विश्वविद्यालयमा पार्सल बम बिष्फोट : प्राध्यापक घाइते
मंगलबार बिहान यान्से विश्वविद्यालयमा पार्सल बम बिष्फोट हुँदा किम नामका प्राध्यापक घाइते भएका छन् । उनी कार्यलय पुग्दा ढोकामा झोला झुन्ड्याएर राखिएको र खोल्दा बिष्फोट भएको बताएका छन् । बिस्फोटबाट प्राध्यापकको घाँटी, छाती र हातमा सामान्य चोट लागेको छ । उनको अहिले नजिकैको अस्पतालमा उपचार भैरहेको छ । उनले यान्से विश्वविद्यालयमा इन्जिनियरिङ पढाउँदै आएका छन् । प्रहरीले बम बनाएर प्राध्यापकलाई पठाएको आशंकामा सोही विश्वविद्यालयमा पढ्ने पच्चिस बर्षिय एक बिद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनले किन केका लागि बम बनाए अहिले नै खुल्न सकेको छैन । प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धानफुर्सदमा