भुपी शेरचन
नयाँ बर्ष
नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको पदचापले ट्वाक……ट्वाक……..ट्वाक……..ट्वाक निस्तेज भई आकाश पल्टेको छ न्यास्रो अनुहार पारेर बेमौसमको बर्षात बेला-कुबेलाको वादलको गडयाङ-गुडुङ आकाशलाई पखाला लागेको छ विष्णुमतीको फोहर हैजे पानी पिएर ट्वाँ सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन् हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु मध्यान्ह दिन चर्को घाम सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन् फेरि एकचोटि नयाँ वर्षआएको छ फेरि एकचोटि भित्ताको नयाँ क्यालेण्डरमा आफ्नो जीवनको भिसा झुण्डयाउनु छ फेरि एकचोटि सँगी साथीहरुको सूचि बनाउनु छ फेरिफुर्सदमा