भूपी शेरचन
हल्लै हल्लाको देश
यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि डोकोका डोको, र खर्पनका खर्पन, ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ, स्टक एक्सचेन्जका शेयरजस्तै आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु जहाँ नेता हुन्छन् र जहाँ निधारभरि कर्कटपाताजस्तै चाउरी परिसकेकाहरु तन्नेरीहरुका अगुवा हुन्छन् जहाँ जतिसुकै व्यभिचारीको पनि इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न, जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि अनुहारको टेरेलिनको छालाफुर्सदमा