मिलनकान्छा किराती
स्थानीय तह निर्वाचनले दिएको सन्देश
स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराईमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परिक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको दुर्दशा भोग्दैछ ? कस्तो नेतृत्वको पक्षमा जनमत खुम्चिन गएको छ ? कसरी देश चल्न खोजेको छ भन्दा पनि चलाउन खोजिएको छ ? यस्ता विविध कुराहरुको सरल सङ्केतहरु सतहमा आउने गर्दछ । यसबारे सबैले आफु अनुकुल व्यख्य गर्नु अनौठो होइन । तर, समग्र यसले दिएको सन्देश नै ‘देशको परिवर्तन र समृद्धि चाहन्छौँ भने पर्देशिएका सबै प्रवासी नेपाली स्वदेशफुर्सदमा
के हो बुढीगण्डकीको वास्तविकता ?
नेपाली जनताले लोडसेडिङ्को समस्या अझै भोगिरहेका छन । कुलमानले काठमाडौँलाई कमाल तरिकाले लोडसेडिङ मुक्त गरे पनि सिङ्गो मूलुकको समस्य ज्यूकात्यूँ छ । यसको अन्त्य गर्दै मूलुकको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउने उच्च उद्देश्य लिएर जसरी बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति बन्यो ! त्यसरी, यसको उद्देश्य अनुरुप काम हुन सकेन । थुप्रै जलविद्युत परियोजना मध्ये आशाको मूख्य किरण बुढीगण्डकी पनि हो । यसको निर्माण कार्यमा लापरवाही हुनगए राष्ट्रिय अर्थतन्त्रमा नै धक्का लाग्ने छ । यसले पछिल्लो समयमा थुप्रै त्रुटिहरु व्यहोर्न थालेको गुणासोहरु सतहमा आउन थालेकाछन । परियोजना समितिले बाह्रसय मेगावट उत्पादनफुर्सदमा
यसकारण नयाँशक्ति नै वैकल्पिक शक्ति
मिलनकान्छा किराती नेपाली राजनीतिमा वैकल्पिक शक्तिको चर्चा चुलिरहेको छ । तर, यसको बहश जसरी भैरहेको छ, त्यो सतही भैरहेको पाइन्छ । गहिराईमा प्रवेश गर्न सकिरहेको छैन । मूलतः यसबारे सतही तर्क–वितर्क समेत छाडेर निराधार गाली–गलौज र आरोप–प्रत्यारोपमा सबैले समय बर्बाद गरिरहेको देखिन्छ । यसले नेपाली समाज चेतनाको कुन स्तर बोकेर हिडिरहेको छ भन्ने सङ्केत गर्दछ । यो दुःखद कुरा हो । वैकल्पिक शक्ति निर्माणको निम्ति थुप्रैको ओठे प्रतिवद्धता र लिखित दस्तावेज तयार भैरहेका छन् । विकल्पको शक्ति सबैको रुप उस्तै–उस्तै देखिए पनि सारमा यसले दुई फरक धारको प्रतिनिधित्व गर्न गइरहेकोफुर्सदमा
एकसाँझ–सोल टु सुन्धारा !
मिलनकान्छा किराती घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । शायद, कोरियनहरु कामबाट फर्कदैछन । हिउँले नाङ्गिएका पहाडहरु फूलहरुले सजिदै छन । सुन्दरीहरु टु–पिसमा उभिएझै लाग्छ–थुम्काहरु । मनमोहक छ–दृश्यहरु । म जमिनमुनि रेल चढ्न ओर्लन्छु । यहाँको सरकार सडकमै आउँछ क्यारे ! रफुर्सदमा
युद्धको सपना
कथा रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामीनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भोफुर्सदमा
माइग्रेन्ट नेपाली एकताको आवश्यक्ता किन ?
विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको बहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन अग्रपंतिमा नै उभिइरहेका छौँ भन्दा फरक नपर्ला ! हरेकदिन अन्तराष्ट्रिय विमानस्थलमा झर्ने काठको बाकसभित्र नेपालीको मृत शरीर, विश्वको कुना–कन्दरामा नेपालीले भोगेका दर्दनाक दुःख–पीडाको कथाहरु, विदेश जान लागेका नेपालीको लामो ताँतीहरुले यसको पुष्टि गरिरहेको छ ।फुर्सदमा