यल्जी विवश
फर्किदै छु जन्मघर
बाँकी रगत र आँशुहरु अबदेखी यिनै खोलाहरुमा बग्ने ईशारा गर्दै, बाँकी मुस्कान र सपनाहरु अबदेखी यिनै फूलपातहरुमा बाँंच्ने आशा गर्दै- यो पर्यटक जिन्दगी फर्की जाँदैछु ! बाँकी धुन र आलापहरु ठूलो पहाड, नदि, जंगल र समुन्द्रद्वारा बोलिरहने बाचा गर्दै, बाँकी श्वास र परेलाहरु यिनै छितिजको आँखामा पवनबाट झिम्क्याई रहने प्रण गर्दै यो घुमन्ते जिन्दगी फर्की जाँदैछु !! ~ नाँच्दाखेरी कतिचोटी साथीसंङ्गिको खुट्टा कुल्चिएर हिड्दाखेरी आफैलाई हुर्काउने हिमाललाई टेकेर फूल्दाखेरी गमला नै ढाकिदिएर बोल्दाखेरी अरुले नबुझ्ने बोलिदिएर घुम्दाखेरी ब्रह्माण्ड नै घुमेजस्तो सोचेर आफैसहित जोजोसित गल्ती गरेँ,एकमुस्ट माफी मागेर फर्की जाँदैछु !फुर्सदमा
काठमाण्डु
कविता/ हरेक दिन मुर्दा धानहरु रोपेर सर्बप्रथम म नक्कली टाईसुट लगाउँछु, र तयार हुन्छु- एउटा सदाबहार नाटकको अभिनयका निम्ति! म रोईरहेको हुन्छु- तिमी मुस्काईरहेको हुन्छौ, म टुक्रा-टुक्रामा च्यातिएको हुन्छु- तिमी झन् झन् मजबुत् हुन थाल्छौ, मेरो मुटुलाई म मायाले स्पर्श गर्छु, बिस्तारै लुगा फुकाल्छु, खुट्टाले थिचिएको खिया लागेको कत्ति निकाल्छु, अनि बेप्रवाह प्रहार गर्छु छातिमा; र कवाडीमुल्यमा बेचिदिन्छु-तात्तातो वाफिलो मुटु! मेरो छातिमा पुराना चप्पलहरु गाउँले मायाजस्तै धुन बोकेर पस्छन्, र कर्कश ध्वानीको पजेरे,प्राडे हर्नहरु झोलाभरी बोकेर फर्किन्छन्- जो मन्दीर पसिरहेका हुन्छन् ,तर पुन्य कमाईरहेका हुन्नन्! मेरै आङमा, मुर्दाघाटबाट उडेरफुर्सदमा
काठ (कविता)
यूग फटाएको एउटा रुख बेबारिसे भै दोबाटोमा ढलिरहेछ, मुस्कुराई रहने… हरियो मुस्कान चिथोरिसके- जब धमिराजस्तै किराहरुले ! सातौ दिनको अन्तरालमा आएको एउटा पाहुना एक दिन पाल्न-रु.पन्ध्र सय, दुईचार दिन पाल्ने त ठेक्कै छ! सँधैको महिना झै नर्सरी पढ्ने छोरीको स्कुल बिलले हिर्काउँछ-रु.पाँच हजार, शहरको घरबेटी नुन-सब्जी खाने आफ्नो कोठाको तलव माग्छ-रु.दस हजार, सास अड्याउन ईन्धनबाहेक तीनजनाको महिनाभरीको गाँस-रु.दस हजार, श्रीमतीको कपासले पालो पाएर फुर्सद नपाएको भयोहोला-तीन बर्ष, मैले रक्सी संझेको मात्रै पनी भयोहोला-दस महिना, मेरो पनि लुगाले बिद्रोह गर्न थालेको छ- ऊ नांगै जुलुश देखाएर नयाँ सत्ता माग्दैछ-हिजोआज ! दिनभरीफुर्सदमा