रमेश उप्रेती
सोनसिकद्वारा ५ औ सैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा गरेको २ दिने सैक्षिक सेमिनार भव्यतापूर्वक सम्पन्न भएको छ । जनवरी १४-१५ मा आयोजना भएको ५ औ सैक्षिक सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा केहि कोरियन अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो । सो कार्यशालामा डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)ले सहजकर्ताको भूमिका निभाउनु भएको थियो । कार्यशालाले खोजपत्र लेख्ने उदेश्य राखेका बिद्यार्थी तथा अनुसन्धानकर्तालाई ठुलो सहयोग मिल्ने कुरा सोनसिकका उपसभापतिफुर्सदमा
कृषि तालीम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता लिइने, इच्छुक नेपालीहरुमा नाम टिपाउन आग्रह
किम्हे, किम्हे ग्लोबल सेन्टर र किम्हे माइग्रेन्ट हाउसको संयुक्त आयोजनामा आगामि मार्च महिनाबाट संचालित कृषि तालिम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता सम्वन्धि सूचना प्रकाशित भएको छ । भोलीको दिनमा नेपालमा सामूहिक कृषि प्रविधि भित्र्याउने उदेश्य सहित संचालन हुन लागेको कृषि तालिम केन्द्रमा कृषि सम्वन्धि तालिमहरुमा पहिलो चरणमा आधुनिक प्रविधिको तरकारी खेती, ग्रीन हाउस प्रविधि समवन्धि तालिम, कृषि औचार प्रयोग तथा मर्मत सम्वन्धि तालिम दिइने भएकोले इच्छुक नेपालीहरुमा उपस्थितिको लागि पनि हार्दिक अनुरोध गरेको छ । उक्त कृषि तालिमको लागि कोरिया प्रवेश गरेको कम्तिमा दुईवर्ष कटेको हुनेपर्ने तथा कोरियन भाषाको राम्रो ज्ञानफुर्सदमा