शकुन आँसु
यथार्थमा दशैँ
कविता/ सोँच्छु बूढो हुँदै जानू भनेको बिगतहरु खात् लाग्दै जानू रैछ दिमागको आल्मारीमा जसरि छ घरमा पढ्दै राखेको किताबहरुको चाङ सानोबेला दँशै आउँथ्यो बोकि ल्याउँथ्यो उमङग एकाबिहानै घामले उफ्रिन्थ्यौँ न्यानोपनमा बाख्रापाठा सँगै चाहिन्थ्यो नयाँ लुगा खानु त उस्तै हो लाग्थ्यो घरको अगेना माथि धेरै झुण्डियोस् मासु बाबाले दक्षिणा धेरै दिउन् पैसा खुवाउन् आमाले मिठोमिठो परिकार पकाएर आमालाई झिँजाउने मौका खुब थियो सताउँथ्यौँ बेस्सरी माकुराका बच्चाहरुले झिँजाउँछ कसरी आमालाई सबै पुराईदिनुहुन्थ्यो बाले आमाले नपुगेर कै रोएर माग्नु परेन खेल्नलाई, खानलाई अनुमति मागिएन जे जे भन्यो तै तै पाउने भएर होला सायदफुर्सदमा