श्रमदिप चौलागाई
सोजु गफ: दाइ भनेको दाइ हो …..
सोजु गफ: भाग १ दाइ भनेको दाइ हो ……….पल्लो कुनाको टेवलबाट अलि चर्कै आवाज आयो । शनिबारको एक साझ, नेपाली रेष्टुरेण्टको कुना काप्चातिर नेपालीहरुले आफ्नै संसार तयार पारी सकेका थिए । जाहा जाहा नेपाली त्याहा त्याहा नेपाली रेष्टुरेण्ट भन्ने चाही नेपाली समुदायको प्रमुख ब्यवसायिक नारा हो जस्तो लाग्छ । जती पनि नेपाली जुन देशमा गएर पनि ब्यवसाय गरेको समाचार सुन्दा लाग्छ अपवाद छोडेर सबैले गर्ने चाही रेष्टुरेण्ट नै रहेछ । जसका भित्री अनेक पाटाहरु होलान् आज त्यता तिर नजाउ । म कोरियाको कुरा गर्दै छु । हुन पनि अहिले दशफुर्सदमा
नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र सामाजिक सञ्जालमा छाएको तरङ्ग
नेपाल सरकारले आज अर्थात मंसिर ११ ,२०७५ देखी कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजना, यसको प्रचार प्रसारमा प्रयोग भएको शैली र बिरोधका स्वरहरुमा केन्द्रित रहेर यो छोटो लेख लेख्ने कोसिस गर्दै छु । यो छोटो आलेख लेख्दै गर्दा म यो कुरामा ढुक्क छु कि मैले पनि धेरै थोरै आलोचना खेप्नै पर्नै छ । जसरी आजदेखी कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजनाको बारेमा सामाजिक संजालमा जुन तरङ्ग आई रहेको छ । सामाजिक सुरक्षा लोककल्याणकारी राज्यको प्रमुख पिलर हो । सामाजिक सुरक्षाको ब्यबस्था बलियो भएको देशमा जनता र राज्य बिच बलियो सम्वन्ध रहन्छ ।फुर्सदमा
जान्नेलाइ गितार नजान्नेलाई छ वटा तार
(लघु कथा ) मेरो गितार बजाउने चहानालाई देखेर मेरो मिल्ने साथीले २०६३ तिर आफु सग भएको गितार उपहार दिनु भयो । मैले केहि दिन जोश देखाएर सिकेर पनि हेरे । बिस्तारै बिस्तारै सिक्ने कुरामा बिषेश ध्यान दिन छोडे । तर त्यो दिन देखी आज सम्म पनि म सँग गितार साथमा छ । तर जती ६३ तिर सिकेको थिय , त्यो भन्दा बडी केहि प्रगती गर्न सकिन । सिक्न नसक्नुलाई मैले कहिले नियमित क्लास लिन नसक्नु वा अन्य कुराहरुले गर्दा समय दिन नसकेर सिक्न सकिन भनेर ति कारणहरु माथि दोस लगाएरफुर्सदमा
कोरियाबाट केपी वली र प्रचण्डलाई खुला पत्र
श्रमदिप चौलागाई आदरनिय कमरेडद्वय केपी प्रचण्ड अभिवादन ! सर्बप्रथम तपाइहरुको सु स्वास्थ्यको साथै देश र जनताको पक्षमा सगरमाथा झै अटल भएर निर्णय गर्ने सोच र क्षमता भगवानले तपाईहरुलाइ प्रदान गरुन भन्ने कामना गर्दै यो पत्र सुरु गर्दैछु । पारिवारिक आर्थिक बिपन्नताको बिरुद्धमा लड्न रोजगारी खोज्दै प्रवासी भुमिमा आएर उमेर , उर्जा र जवानी जलाई , बिप्रेशन नामको दुई मुठी तातो खरानी देशमा भित्राउन खुन पसिना बगाइ रहेको म एक आम नेपाली युवा तपाइहरु कमरेडद्वयलाई यो खुल्ला पत्र लेख्दैछु । आदरनिय कमरेड द्वय नेपाली जनताले आफै सम्बृद्धीको सपना देखेको र तपाईहरुलेफुर्सदमा
मेरो श्रमजिवी किसान
कविता / श्रमदिप चौलागाई मेरो श्रमजिवी किसान बिश्व पुजीबादसग प्रतिस्पर्धा गर्न एक ढाकर सुन्तला बेचेर एक बोतल फ्यान्टा किन्दै छ । मेरो अठार बर्षे जवान साथी एक मानो तातो खरानीको खातिर अंगालो भरी दाउरा बोकेर आगोको खोजीमा बिदेश धाउदै छ । मेरो घर मुनीको कोशी सिङ्गो पाहाडलाई सुख्खा छोडेर तराईको छाती तोडेर दुःखी मनले दक्षिण झर्दै छ । म स्वास्थ्य जाँचमा फेल भएको गाँउ परिवारकै तिरस्कृत बबुरो टाकुराको शिरमा बसेर पारी ढ्वाङ्गमा बजिरको सम्बृद्धीको भाषन सुनिरहेछु ।
ऐठन
कथा/ ‘हातमा पि आर बिदेशमा ब्यापार भएको राजकुमारलाई छोडेर म तिमीसग के देखेर बिहे गरौ ? र मेरा परिवारले के देखेर तिमीलाई स्विकार गरुन् त !’ सिमाको मुखबाट निस्किएको यो शब्द मेरो मनमा एटम बम जसरी बिष्फोट भयो । जसरी दोस्रो बिश्वयुद्धको अन्तिममा हिरोसिमा र नागासाकीमा अमेरिकाले बिष्फोट गराएको थियो । म नि–शब्द भए । आखाहरु धमिला भए । पुसको ठण्डीले चिसिएको नगरकोटको सिरेटो पनि लु जस्तै हप हप तातो भएर आयो । पुरै खुलेर चाँदी जस्तै टल्किरहेका हिमालहरु आँखाबाट हराउदै गए । भाँङको नसाले लठ्ठ भए झै मेरा गोडाहरुफुर्सदमा
यो कस्तो बाध्यता?
कविता/ थाहा छ ! यी जुनकिरीहरु अध्यारोमा मात्र चम्किने हुन्। तर, यिनै जुनकिरीहरुलाई दिपज्योति जस्तै , स्विकार गरी दिनु पर्ने यो कस्तो बाध्यता ? थाहा छ ! यि भ्यागुताहरु बर्षायाममा मात्र कराउने हुन्। तर, यिनै भ्यागुताको कर्कस ट्वार ट्वारहरुलाई सातै सुर मानी दिनु पर्ने यो कस्तो बाध्यता? थाहा छ ! यि इन्द्रेणीहरु घाम पानीमा देखिने दृष्टीभ्रम मात्र हुन् । तर, यिनै इन्द्रेणीहरुलाई जिवनका रंगहरु सोचि दिनु पर्ने यो कस्तो बाध्यता?
देउरालीको ढुड़्गा पनि देवता बन्छ
कविता/ फुल मालाले ढकप्पै छोपिए पछी, खादा र धागाहरुले टमक्कै बेरिए पछी, अबिर केसरीले लपक्कै पोतिए पछी, देउरालीको ढुड़्गा पनि देवता बन्छ। त्यही ढुड़्गालाई जोगाउन बडेमानको मन्दिर बन्छ , पर्खाल बन्छ, ताला बन्छ। तर मन्दिरकै सामु घरबार बिहीन नाड़्गा छन् भक्तहरु। आस्था नै त हो मनको, मन्दिरमै खुट्टा पुगे पछी, बाटोमै देउता भेटे पछी, हिड्नेहरुले पाती चढाउछन्, भाकल गर्दै भेटी चढाउछन् , यसरी नै चलिरहेछ बर्सौ देखी भाकल गर्नेहरुको, भेटी चढाउनेहरुको निरन्तरता । थाहा छैन ति देउतालाई ! पाती चढाउनेको शुभ भो की नाही ? भेटी चढाउनेको शुभ भोफुर्सदमा