समिर बमजन
समिर बमजनका तीन गजलहरू – वाचन सहित (भिडियो)
गजल -१ सोच्छु यो सबथोक के के ले सिकाउछ यस्तो लाग्दैन मान्छेलाइ मान्छेले सिकाउछ । कर्ममा भन्दा भाग्यमा साधना गर्नेहरुले अर्थ लगाउँछ जिन्दगी भाग्यले सिकाउछ बिचार भन्दा हतियार ठुलो त्यो बेला भैदिन्छ भोको पेट नाङ्गो शरीर र समयले सिकाउछ चुनाबमा जानु अघि सिक्नु के हो देशप्रेम रातदिन खाडिमा पसिना बेच्नेले सिकाउछ । गजल – २ निरंकुश सामन्तीहरुको अत्याचार देखेपछी शोषण दमन र अन्याय बारम्बार देखेपछी किर्ते छाप म लाउदिन भनी बस्नुहुन्थ्यो बा केही सीप चलेन अगाडि हतियार देखेपछि सहज थिएन त्यो बाटोहरु मुक्ती या मृत्युको होमिएको हु खोसिएको अधिकार देखेपछीफुर्सदमा
मजदुरको देश
यो अनन्त समयलाइ खण्ड खण्ड पारेर रात र दिनमा भाग लगाएको यो २४ घण्टामा कती घण्टासम्म मानवयन्त्र बनें मलाइ त्यति होस छैन तर आजको दिनले अलिकती समय मेरो भागमा दया गरिदिएको छ र त एकोहोरो सोचिरहेको छु म यो दुर्लभ दुर्सदको समयमा एउटा मजदुरको बारेमा अर्थात मेरो आफ्नै बारेमा । आदिम साम्यबादबाट सुरु भएको मानव सभ्यताको त्यो यात्रा दास युग संगै थुप्रै चरणलाइ चिहानमा पुर्याएर यतिबेला उभिएको छ आधुनिक दास-मालिक ब्यबस्थामा यो आधुनिक बिश्वको निर्माता को हो? आदिम युगदेखी मानव सभ्यतालाइ डोहोर्याउदै यहासम्म ल्याउने को थियो? र कसले थाम्यो त्योफुर्सदमा
अन्तिम बिद्रोह
हो महोदय – मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुं जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन । दुइछाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो लाउने आशाको बीउ रोपेर मुखियाको टारिखेतमा रातदिन नभनी असारे गोरु झैं जोतिएकै हुं । हातमा कलम खेलाउने हजारौ रहरहरुलाइ बलि चढाएर साहु साइलाको बुकमा बारिमा यी हातमा कोदालो थमाएकै हुं । तर, गरिबीको चर्को राप र तिम्रो शोषणको छाँयामा परेर मेरोफुर्सदमा
कविता
ल्होछार च्याङबा थाहा छ कि छैन तिमिलाई गाउँ गाउँमा टोल टोलमा बस्ती बस्तीमा हरेक घर घरमा हर्ष, समृद्धि र एकताको कोसेली बोकेर तिम्रो आगनमा उभिएर हावाको बेगसंगै समयलाइ दौडाउदै फर्फराइरहेको पुरानो “लुङ्दार” को बाटो हुदै सुनौलो मिर्मिरेको किरण सँगै लुकामारी गर्दै आईपुगेको छ हाम्रो सोनाम ल्होछार । तिमिलाई थाहै छ च्याङबा पोहोर सालको ल्होछारले हामीलाई सम्झिएन या त हामीले सम्झेनौं समय आफ्नो नियममा चलेकै थियो कि त कुनै जालसाँझ हुनुपर्छ कि त कुनै परिबन्धमा थियौं र त अधुरै रहेको थियो सयौँ बर्ष अघि देखिको ढाक्रे म्हेमेको ईतिहास बोकेको ताम्बा आख्खेकोफुर्सदमा
अन्तिम बिद्रोह
समिर बमजन हो महोदय मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुँ जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साँची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन । दुई छाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो लाउने आशाको बीउ रोपेर मुखियाको टारिखेतमा रातदिन नभनी असारे गोरु झैं जोतिएकै हुँ । हातमा कलम खेलाउने हजारौ रहरहरुलाइ बलि चढाएर साहु साइलाको बुकमा बारिमा यी हातमा कोदालो खनेकै हुँ । तर, गरिबीको चर्को राप र तिम्रो शोषणको छाँयामाफुर्सदमा