सुरेश सिङ् सम्बाहाङ्फे
‘एउटा ठुटे कवि’ कविता
घडीका काटाहरु थन्किएर मध्यरातमा झ्याउकिरीको गुञ्जन गुन्जिएका बेतालमा सामुन्द्रिक छालका सितलहर हावाहरु शरीरका कुना-कुनामा स्पर्श गर्छन एक नया नबेली दुलही झैँ अनि, औशिको रातमा सन्नाटा अध्यारो झिपिक-झिपिक टुकी बल्दै निभ्छ एउटा( दुइटा जुनकिरीहरु र, दिन भरिको थकानले लथ्रकै गलेको बस्ति चिर निन्द्रामा मुर्छिन्दै , बेहोसीको शिरक ओढेर तर प्रत्येक झुपडीलाई ब्युझौने प्रयत्नमा ढोका ढक्ढकाउदै छ घडीका सुइहरु चलाउदैछ संगीतलाई सुर-तालमा भर्दैछ एउटा ठुटे कवि देब्रे हातमा चेपिएको चुरोटको ठुट्टा कागजको कपमा खरानी झोस्दै बेला-बेला तानिने सर्कै पछिको धुवा झैँ अनिश्चित , गन्तव्यहीन यात्री झैँ खाली खुट्टा हिड्दैछ लथालिङ्गै बाटाहरुमाफुर्सदमा