अमर अछामी
कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने
माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यवस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए । उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट अन्य देशमा व्यवसााय, रोजगारीका लागि गएका माइग्रेन्ट्सहरुले ठूलो योगदान दिएरमात्रै त्यो देश सम्पन्न भएको कुरा हामी सबैलाई अवगत छ । त्यसैले, हामी माइग्रेन्ट नेपाली सङ्गठित भएर छलफल र सहकार्यका लागि जुट्यौँभने पक्कै पनि समुन्नत नेपाल निर्माणमा योगदान पुग्ने छफुर्सदमा
कोरियामा एमएनयुको प्रथम भेला सम्पन्न, संयोजकमा किराती
‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु !’ मूलनाराका साथ माइग्रेन्ट नेपाली युनियन केन्द्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सौलस्थित सम्पन्न उक्त भेलाले मिलनकान्छा किरातीको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । भेला सम्पन्न पश्चात बसेको नयाँ कार्यसमितिको पहिलो वैठकले विभिन्न विभागको कार्य विभाजनसमेत गरेको छ । अलिक फरक तरिका अपनाएर खादा र व्याच प्रयोग नगरिएको सो भेलाको सभापति माइग्रेन्ट नेपाली युनियनका केन्द्रीय संयोजक मिलनकान्छा किराती र सबैलाई अतिथिको रुपमा आमन्त्रण गरिएको हो । भेलामा एनसीसी पूर्व अध्यक्ष तथा एमएनयु सल्लाहकारफुर्सदमा