एईडेन छन्त्याल
कोरियामा तलब वृद्धि अगाडी घाँस देखाएर गोरु जोताऊने तरिका मात्रै
आज म यो लेख मार्फत ईपिएस प्रक्रिया मार्फत कोरिया आउने कामदारहरुको तलब वृद्धि र पछिल्लो समय तलब वृद्धिसँगै मेरो केहि अनुभवहरु छोटकरीमा सेयेर गरेको छु । शुरुमा म सन् २०१३ मा कोरिया प्रबेश गर्दा न्यूनतम ज्याला प्रतिघण्टा ४८६० कोरियन वन थियो । जसमा २०९ घण्टा काम गर्दा मासिक न्यूनतम पारिश्रमिक १० लाख १५ हजार ७४० कोरियन वन हुन आउथ्यो । त्यसैगरी क्रमस २०१४ मा ७.२% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ५ हजार २१० कोरियन वन, २०१५ मा ७.१% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ५ हजार ५८० कोरियन वन, २०१६ माफुर्सदमा
गजलमार्फत नयाँ सरकारलाई विदेशवाट एक नेपाली युवाको ध्यानाकर्षण
गजल/ एईडेन छन्त्याल मेरो देशमा, बेरोजगारको आगो, बलेको छ सरकार । भित्रभित्रै कामै नलाग्ने गरी, जलेको छ सरकार ।। बाध्यता पनि कहाँ सम्मको यो, अठार कट्नै हुन्न झोला बोकी विदेश, चलेको छ सरकार ।। ठूला–ठूला सपना संगाली विदेशिएको ऊ, विरानो यो ठाँऊमा कहिल्यै नउठ्ने गरी, ढलेको छ सरकार ।। बेसाहारा छन गाँऊमा, बुढ्यौली बाआमा, सक्दैनन् गर्न केहि हातगोडा पुरै, गलेको छ सरकार ।। चर्का–चर्का भाषण गर्छौ, देशमा कृषी क्रान्तीको, खेतबारीमा पुरै बन्छो र तितेपाती मात्र, फलेको छ सरकार ।। पुरा भिडियोमार्फत यहाँ
वैदेशिक रोजगारीको लागि उत्कृष्ट गन्तब्य हो कोरिया
एईडेन छन्त्याल कोरियासम्बन्धी लेखहरुमा प्राय कोरियाको दु:ख, कष्ट र पिडाका कुराहरुलाई मात्र पोखिएको पाईन्छ । तसर्थ यस लेखमार्फत मैले कोरियाको रमाईलो पाटोहरुलाई शब्दमा उतार्ने प्रयास गरेको छु । वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने भएपछि रोजगारीको लागि कोरिया नेपाली युवाहरुको प्रमुख आकर्षक गन्तब्य बनेको छ । इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परिक्षा पास गरेर कोरिया जानेको संख्या हालसम्म ५० हजार पुगेको छ । नेपालमा काम गर्ने बानी नै नपरेको हामीलाई सुरुवाती केहि दिन घरपरिवारवाट टाढा रहेर निरन्तर एकैप्रकारको काममा १२/१३ घण्टा खट्नुपर्दा यो कोरिया हो की खोरिया हो भन्नेफुर्सदमा
मेरो पहिलो भ्यालेनटाईन प्रेमपत्र
हृदयस्पर्शी मित्र, असिमित यादहरुको साथमा युगौँयुग सम्मको सम्झना अनि अपार मायाँको सौगातहरु !! खै कसरि सुरुवात गरुँ अनि कहाँ लगेर अन्त्य गरुँ । यो मनभरी उब्जिएका भावहरुलाई वटुली कपी र कलमको साहारामा एउटा सानो पत्रको नमुना स्वरुप तिमीसामु पोख्न चाहिरहेको छु । हुनत, मलाई राम्रोसँग थाहा छ, कुनै पनि ब्यक्तिको जीवन चरित्रका वारेमा खुलेआम लेख्ने र भन्ने अधिकार कसैलाई पनि छैन् । कैयन किसिमका जटिल, भयनाक अनि डरलाग्दा परिस्थितीहरु जन्माउन सक्छ । सृजना गरीदिन सक्छ । तरपनि, म विवश छु । साँच्चिकै विवश ।।। जुन दिनवाट मेरो नयनकोे रेटिनामा तिम्रोफुर्सदमा
नेपाली भाईले कोरियामा माईनस २०/२१ डिग्रीको चिसोमा काम गर्नु पर्दाको पिडा (भिडियोसहित)
एईडेन छन्त्याल हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो । गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटो खिच्नलाई तछाडमछाड गरिन्थ्यो । दिनभरि हिऊँमा खेलेर पनि धित मर्दैनथ्यो त्यतिबेला । कामै गर्न नपर्ने र मिठो–मिठो खान पाईने भएरफुर्सदमा
विदाई र स्वागत, ह्याप्पी न्यू ईयर !
एईडेन छन्त्याल विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाटा छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास । पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरुसँग सामना गरेर सकियो यो वर्ष । धेरैजना रँगमञ्चहरुमा रमाएर वित्यो यो वर्ष । धेरै योद्धाहरु युद्ध मैदानमा उभिएर सकियो यो वर्ष । कत्ति ओठहरु मुस्कुराए । कत्ति नयनहरु रसाए । कसैले यो धर्तिमा पहिलोचोटीे पाईला टेके यहि वर्षवाट । कसैले चालेका पाईला अन्तिम पनि बन्यो यहि वर्षमा । कत्तिले योफुर्सदमा
कोरीया सपना र वास्तविक भोगाई
कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने (सामान्य वर्गलाई पनि पैसा जुटाउन खासै समस्या नपर्ने) र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरियाप्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि गरिरहेको काम पढिरहेको क्याम्पस सब विचमै छोडेर कोरियाको ठूलो सपना देख्दै कोरियन भाषा पढाउने ठाउँमा गएर भर्ना भई कोरियन भाषा पढ्न थालियो । मनमा पुरै कोरियाकै वारेमा कुराहरु खेल्न थालिसकेछ । लाख कमाईको सोँचले नेपालमा भएको डाक्टर ईन्जिनियर भन्दा पनिफुर्सदमा